Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » हेफरको लापरबाहीका कारण मरे किसानको बाख्रा बोका, रित्तियो खोर

    हेफरको लापरबाहीका कारण मरे किसानको बाख्रा बोका, रित्तियो खोर

    By सूचनापाना६ असार २०८१, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । कृषिमा क्रान्ति गरी किसानलाई समृद्ध बनाउँछु भनेर मन्थली नगरपालिकामा काम सुरु गरेको हेफरको लापरबाहीका कारण किसानको बाख्राको खोर नै रित्तो बनेको छ । बाख्रा पालेर घर समृद्ध हुन्छ भन्ने सपना देखाएर हेफरले मन्थली नगरपालिका वडा नं. ८ का किसानको खोर नै रित्तो बनाई दिएको छ ।

    SuchanaPana.com

    मन्थली नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग साथै पहाडी समाज कल्याण केन्द्र मन्थली रामेछापको सहजीकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी कार्यक्रमले अनुदानका नाममा रोगी बोका वितरण गर्दा लक्ष्मी केसीको खोरमा रहेको सबै बाख्रा र बोका मरेको हो ।

    हेफर प्रोजेक्टको जिम्मा पाएको पहाडी समाज कल्याण केन्द्रले गत वैशाखमा नागदेवी स्वावलम्बन महिला समूहलाई बिउ बोका अनुदानमा दिएको थियो । उक्त बोका पूर्णबहादुर माझीको घरमा राखी पालिएको पीडित लक्ष्मी केसीले जानकारी दिइन् । केसीका अनुसार उनका खोरको ६ वटा बोका र १ पाठी मरेका हुन् । केसीको सँगै माझीको पनि ३ वटा बोकापाठी मरेका छन् ।

    अनुदानका नाममा रोगी बोका दिँदा आफ्नो खोर नै रित्तिएको लक्ष्मी केसीले गुनासो पोखिन् । हेफरले बोका दिए पछि उन्नत जातको बाख्रा उत्पादन गरी समृद्धिको सपना देखेकी केसीको सपनालाई हेफरको लापरबाहीले तुहाइदियो ।साना किसानलाई समृद्ध बनाउँछु भनेर काम गर्ने भन्दै आएको हेफरको यो लापरबाही हेर्दा हेफर प्रोजेक्ट किसानको पक्षमा कहिल्यै देखिएन । कहिले कृषकको बजेटमा वडा अध्यक्षलाई इलाम पु¥याउने, कहिले पशु शिविरको नाममा माचको भैँसी र खोरका कुखुरा शिविर भएको ठाउँमा ल्याउनु भनेर किसानलाई दुख दिने हेफरको चरित्रले हेफर प्रोजेक्ट किसानको पक्षमा देखिँदै देखिँदैन । हेफरको पहिलेको बदमासीका बारेमा मन्थली नगरपालिकाका प्रशासकीय हरि चापागाईँ अनविज्ञ भएको ढोङ रचिरहन्छन् । उनको जबाफदेहिता हेर्दा किसानलाई दुख दिने किसानको खोर रित्याउने खेलमा उनको पनि मिलेमतो छैन भन्न सकिँदैन ।

    बिरामी बोका दिएको कुरा हेफरले राखेको मन्थली ८ कि भेटनरी प्राविधिक सम्झना श्रेष्ठ समेत स्विकार्छन् । श्रेष्ठले भनिन् – हामीले दिने बेलामा बोका बिरामी थियो । बोकालाई रुघाखोकी लागेको थियो । त्यो बोकालाई छुट्टै राख्नुपर्ने थियो । किसानले अरू बाख्रा सँगै राख्नु भएछ । जसका कारण उहाँहरूको खोर नै रित्तो बन्न पुग्यो ।

    हेफर प्रोजेक्ट सहजीकरणको जिम्मा लिएको संस्था पहाडी समाजका अध्यक्ष रत्न कँडेल यसलाई सामान्य मान्छन् । उनी आफू र आफ्नो प्रोजेक्टले गरेको गल्ती स्विकार्न तयार नै छैनन् । अझै उनी किसानलाई दोषी देखाउँछन् । उनी भन्छन् – किसानको खोर रित्तो हुनुको कारण स्वयम् किसान हुन्, हामी होइनौँ । अध्यक्ष कँडेलको यो जवाफ सुनिरहँदा न उनलाई कसैको डर छ, न किसानको खोर रित्तो भएको पीडा छ । मन्थली नगरपालिका र हेफर प्रोजेक्ट सँग ५ वर्षको लागी दरिलो सम्झौता छ पहाडी समाजसँग । मन्थली नगरपालिकाको हाकीम सापसँग राम्रो साठगाठ छ अध्यक्ष कँडेलको । यत्ति भए पछि उनलाई केको डर? के को चिन्ता ? कसैले केही भन्दैमा उनलाई केही फरकै पर्दैन । उनी मन लाग्दी गर्छन् । किसानको खोर रित्तो बनाइदिन्छन् । को सँग कसको साठगाठ छ, को सँग कति पावर छ भन्ने कुरा तपशिलमा गर्दै गरौँला । तर हेफरको यो लापरबाहीका कारण किसानलाई पुगेको नोक्सानको भर्पाई कसले गर्ने ? हेफर प्रोजेक्टको सहजीकरण गर्ने संस्थाले की ? मन्थली नगरपालिकाले ? पावर र पहुँचका भरमा किसानलाई चुर्लुम्म डुबाउने छुट कसैलाई छैन, चाहे त्यो प्रोजे्क्ट होस वा सरकार ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.