सुर्खेत । वर्षाका कारण कर्णालीका हिमाली जिल्लाका सबै हवाई सेवासमेत ठप्प भएको छ ।
अविरल वर्षाका कारण पछिल्लो पाँच दिनदेखि कर्णालीका हिमाली जिल्लाका सबै विमानस्थल ठप्प हुन् । मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमिकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन नसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
हवाई सेवा अवरुद्ध भएपछि बिरामी र जरुरी कामका लागि बाहिर जानेहरू पनि अलपत्र परेका छन् । प्रहरीका अनुसार वर्षाका कारण कर्णालीमा मानवीय क्षति भने अहिलेसम्म भएको छैन ।
