Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बाढी–पहिरोले देशका विभिन्न भागमा क्षति, कहाँ–कहाँ छन् राजमार्ग अवरुद्ध ?

    बाढी–पहिरोले देशका विभिन्न भागमा क्षति, कहाँ–कहाँ छन् राजमार्ग अवरुद्ध ?

    By सूचनापाना२८ असार २०८१, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् ।

    SuchanaPana.com

    पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गु पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।

    पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

    पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरो खसिरहेको छ । सडक दुईतर्फी खुलाउन अझै केही समय लाग्ने छ । यसैबीच, स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक यो सडकबाट यात्रा अनुरोध गरेको छ ।

    मालढुङ्गा–बेनी सडक अवरुद्ध

    म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक अवरुद्ध भएको छ । गए रातिको भारी वर्षाका कारण तीन ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध बनेको हो । मालढुङ्गादेखि बेनी सम्मको १३ किलोमिटर लामो बाटोको कुश्मा नगरपालिका– १ मालढुङ्गा नजिकै भिरवाट ढिस्को सहितको पहरो खसको छ । त्यसैगरी जलजला गाउँपलिका–८ स्थित फनफनेमा पनि सडक अवरुद्ध भएको हो ।

    पर्वतमा पहिराले छ घर पुरिए

    पर्वतको मोदी गाउँपालिकामा छ वटा घर पुरिएका छन् । मोदी गाउँपालिका– २ देउपुरको जरुवाका ६ घर पुरिएका छन्भने जोखिममा रहेका अन्य ९ परिवार गरी १५ परिवार पूर्ण विस्थापित भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुधवार दिउँसोदेखि नै पहिरो खसेको हो । कुश्मा नगरपालिका– ११ पकुवाको छापामा पनि एउटा घर पुरिएको प्रहरीले जनाएको छ ।

    गाईघाट– दिक्तेल सडक अवरुद्ध

    उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १४ को रातमाटे डाँडामा पहिरो खस्दा गाईघाट दिक्तेल सडक अवरुद्ध भएको छ । बुधबार अपराह्नदेखि उक्त सडक अवरुद्ध भएको हो । एम्बुलेन्सलागयत अत्यावश्यक सवारीका साधन सञ्चालन गराउने प्रयास जारी छ । जिल्ला प्रशासन कार्यलय,त्रियुगा नगरपालिका र गाईघाट –दिक्तेल सडक कार्यलयले एकीकृत प्रयास गरिरहेका छन्

    मध्यपहाडी राजमार्ग बन्द

    पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको काठेखोला गाउँपालिका–६ बयलडाँडास्थित सडकमा पहिरो खस्दा मध्यपहाडी पुष्पलाल राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी प्रहरी उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

    बेंसीसहर–चामे सडक पनि खुलेन

    लमजुङ र मनाङ जोड्ने बेंसीसहर–चामे सडक दश दिनदेखि बन्द छ । बाढीले मनाङको चामे गाउँपालिका–१ तिमाङखोलाको पक्की पुल बगाएपछि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छैनन् । विसंं २०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो । दुईवर्षअघि त्यहाँ मोटरेवल पक्की पुल निर्माण गरिएको थियो ।

    पथान्तरणमा क्षति

    बाढीका कारण घोराही–तुलसीपुर र घोराही सडक पनि अवरुद्ध भएको छ । पुल निर्माण जारी रहेको घोराही–तुलसीपुर खण्डमा गरिएको पथान्तरण बाढीमा बगेपछि उक्त सडक बन्द भएको हो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.