Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » फिरन्ते जीवन बाँच्दै आएका राउटेको अस्तित्व संकटमा

    फिरन्ते जीवन बाँच्दै आएका राउटेको अस्तित्व संकटमा

    By सूचनापाना२७ कार्तिक २०८१, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सुर्खेत । आफ्नो समुदायको संख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित छन् । ‘हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको संख्यामा थियौँ,’ मुखिया शाहीले भने, ‘हामी मान्छे त गन्दैनौँ, तर हाम्रो संख्या घटिरहेको छ, अहिले केटाकेटी पनि कम जन्मिन थाले ।’

    SuchanaPana.com

    पहिले स्थानीय वन जङ्गलमै उपलब्ध हुने तागतिलो खाना खाने गरिएको भन्दै अर्का सहायक मुखिया वीरबहादुर शाहीले अहिले खानपानको शैली पनि फेरिएको कारण प्रजनन क्षमतामा हस आउँदा पनि क्रमशः जनसंख्या कम हुँदै गएको हुनसक्ने बताए।

    जनसंख्यामा कमी आएसँगै कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न सक्ने भन्दै राउटे समुदायका अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेका हुन् ।

    यो समुदायमा असोज २ गते २२ वर्षिय राउटे वृषबहादुर शाहीको मृत्यु भयो । वृषबहादुर शाहीको मृत्युसँगै राउटे समुदायको जनसंख्या अहिले एक सय ३५ जनामा सिमित छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको संख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ ।

    प्रतिवेदनमा २०७५ सालमा एक सय ४९ रहेको राउटेको जनसंख्या १५ माघ २०८१ सम्म आइपुग्दा घटेर एक सय ३५ मा झरेको छ ।

    २०७५ सालमा एक सय ४९ रहेको राउटेको संख्या एक जनाले घटेर २०७६ मा एक सय ४८ भयो । २०७७ सालमा तीनजनाको मृत्युपछि एक सय ४५ मा झरेको यो समुदायको संख्या २०७८ मा आउँदा एक सय ४४ मा झर्‍यो ।

    २०७९ देखि २०८० सम्म घुमन्ते–फिरन्ते राउटेको जनसंख्या छ जनाले घटेर एक सय ३७ जनामा आयो । यो बर्ष मात्रै दुईजनाको मृत्युसँगै अहिले यो समुदायको संख्या एक सय ३५ मा सीमित हुन पुगेको छ ।

    किन घटिरहेको छ जनसंख्या ?

    राउटे समुदायको जनसंख्या लगातार घट्नुका विभिन्न कारणहरु रहेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार यो समुदायको जनसंख्या घट्नुको पछाडि सामाजिक मूल्यमान्यता प्रमुख कारण छ ।

    राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा भन्छन्, ‘राउटे समुदायमा कल्याल, रास्कोटी र सोवंशी गरी तीनवटा समुदाय छ, एउटै समुदायका केटा र केटीको विवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवायुवती विवाह नगरेर बसेको अवस्था छ ।’

    उनका अनुसार राउटेहरूमा श्रीमान्‌को मृत्युपछि जतिसुकै उमेर समूहका महिला भए पनि एकल भएर बस्नुपर्ने बाध्यता छ । उनले भने, ‘अहिले एकल महिला २३ जना छन्, तीमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरुले अर्को विवाह गर्ने पाउँदैनन्, प्रजनन उमेरका महिलाहरु बच्चा जन्माउनै नपाएपछि कसरी संख्या बढ्छ ?’

    थापाले राउटे समुदायमा युवाहरुको संख्याभन्दा ज्येष्ठ नागरिक र बालबालिकाको संख्या धेरै रहेको बताउँछन् । थापा भन्छन्, ‘राउटे समुदायको जनसंख्या घट्नुको अर्को कारण अत्याधिक मदिराको सेवन हो, मदिराको सेवनले गर्दा उनीहरु भिरबाट लडेर मृत्यु हुने समस्या बढ्दै गएको छ ।’

    आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर तिनै तहका सरकारहरुले राउटे संरक्षणसम्बन्धी योजना बनाउनुपर्ने उनको सुझाव छ । आयोगले सिधै रकमको साटो आवास, खाद्यान्न र पोषण, लत्ताकपडा र शिक्षा उपलब्ध गराउने विधि प्रयोग गरी कार्यान्वयन गर्न जरुरी रहेको बताएको छ भने बाहिरी आधुनिक दुनियाले उनीहरुको सभ्यतामा हस्तक्षेप गरेको भन्दै नियन्त्रण गर्न आवश्यक रहेको निश्कर्ष निकालेको छ ।

    थापाको भनाइप्रति वरिष्ट पत्रकार केशव ढकाल पनि सहमत छन् । उनले पनि भत्ताको नाममा सिधै रकम दिँदा उनीहरु अत्याधिक मदिरा सेवनमा लागेको बताउँछन् । ‘भत्ताको सट्टा खाद्यान्न, लत्ताकपडालगायत उनीहरुलाई आवश्यक पर्ने वस्तु सरकारले दिनुपर्छ । रकम दिँदा उनीहरुले खर्च गर्ने अन्य कुनै ठाउँ नभएको हुँदा मदिरामा खर्च गर्छन्, त्यसो हुँदा उनीहरुको मृत्युको दर बढिरहेको छ । त्यसका साथै विभिन्न सहयोगको नाममा उनीहरुको अस्तित्व नै मेटाइँदैछ,’ उनले भने ।

    प्रजनन क्षमता कमजोर बन्दै
    यो समुदायमा नयाँ जन्ममा लामो अन्तराल भएको पाइएको छ । जसमा साढे दुई वर्षको अवधिमा २०८० साउन र भदौमा जम्मा दुई शिशुको जन्म भयो । राउटे समुदायको पराम्पराका कारण पनि जन्मदर कम हुने गरेको भए पनि पछिल्लो समय उनीहरुको खानपान र रहनसहनका कारण समेत प्रजनन क्षमता कमजोर हुन थालेको चिकित्सकहरु बताउँछन् ।

    राउटेको जीवनशैली फेरिँदै गएको छ । खानपानका कारण प्रजनन क्षमता कमजोर हुन थालेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका तत्कालीन निर्देशक डा डम्बर खडका बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय उनीहरुले अत्याधिक मदिराको प्रयोग गर्न थाले, त्यसो हुँदा उनीहरुको खानपान र जीवनशैली असन्तुलन हुँदै गएको छ, यसले स्वभाविक रुपमा प्रजनन क्षमतामा गिरावट ल्याउँछ ।’

    विगतमा स्वस्थ जीवनशैलीमा बाँचिरहेका राउटे समुदायहरु अहिले गुणस्तरहीन खानाको प्रयोग गर्ने तथा मदिराको सेवन बढ्दै जाँदा उनीहरुमा कलेजोसम्बन्धी समस्या बढ्दै गएको खड्का बताउँछन् ।

    आयोगको अध्ययनमा समेत राज्यको यथोचित ध्यानपुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु/नराख्नु, प्रजनन स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसम अनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभाव जस्ता कारणले राउटेको जनसंख्या ऋणात्मक बन्दै जान थालेको उल्लेख छ ।

    आयोगका कर्णाली प्रदेश संयोजक मानबहादुर कार्की भन्छन्, ‘उनीहरुको जीवन चलाउने भनेर सरकारले भत्ता दिने गर्‍यो, उनीहरुको जीविका चलाउन सहज होस् भनेर सरकारले भत्ता त दियो । तर त्यो भत्ताको प्रयोग उनीहरुले आफ्नो खानपानभन्दा पनि मदिरासेवनमा प्रयोग गर्ने गरेको पाइयो । यसले गर्दा उनीहरुको मृत्यु धेरै भएको देखिन्छ ।’

    उनीहरुको स्वास्थ्य अवस्था पनि बिगँ्रदै गएको भन्दै तीनै तहका सरकारहरुले मुख्यगरी उनीहरुको संरक्षणका लागि नयाँ योजना बनाउनुपर्ने सुझाव कार्कीको छ । ‘उनीहरु स्वास्थ्य समस्या भइहाले उपचार गर्न नमान्ने, कडा खालको मदिराको सेवन गर्ने, पोषिलो खानाको कमीलगायतका कारणले मृत्युवरण गर्नुपर्ने यो समुदायको समस्या छ,’ कार्की भन्नुहुन्छ ।

    राउटे समुदायका युवतीहरुको सोझोपनको फाइदा उठाउँदै उनीहरुमाथि पछिल्लो समय यौनजन्य अपराध हुनसक्ने जोखिम समेत बढेको बताइएको छ ।

    केही वर्षअघि दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको भन्दै सुर्खेत गुर्भाकोटका दुई युवाविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलाइएको थियो । विभिन्न बहानामा राउटे बस्तीमा बाह्य व्यक्तिहरुको प्रवेशले यौनजन्य क्रियाकलापसँगै अन्य असुरक्षा बढाएको यो समुदायको अध्यन गरिरहेकाहरु बताउँछन् ।

    विशेषगरी रुपैयाँ पैसाको प्रलोभन देखाउने, विभिन्न सहयोग गर्ने बहानामा राउटे समुदायको बस्तीमा प्रवेश गर्ने क्रम बढेकाले यसलाई व्यवस्थित गर्नुपर्ने सुझाव उनीहरुको छ ।

    राउटेको संरक्षणका लागि के छ सरकारी योजना ?

    दैलेखको गुराँस गाउँपालिकाले २०७५ सालमा पहिलोपटक राउटे समुदायलाई परिचयपत्र वितरण गरेको थियो । राउटेले पाउने सामाजिक सुरक्षा भत्ता यही गाउँपालिकाले वितरण गर्दै आएको छ । सहयोगको नाममा राउटे समुदायलाई दिइने सहयोगलाई एकद्वार प्रणालीबाट दिने गरी पालिकाले कार्यविधि समेत निर्माण गरेको छ ।

    राउटे समुदायको संरक्षणको लागि गाउँपालिकाले मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं ८ नम्बरका वडाध्यक्ष दीपेन्द्र ओली बताउँछन्।

    ‘हामीले राउटे समेदायलाई आफ्नो पालिकाका नागरिकको रुपमा परिचयपत्र दिएका छौँ, सामाजिक सुरक्षा भत्ता पनि पालिकाले नै उपलब्ध गराउँदै आएको छ । आफ्ना नागरिकको सुरक्षा र संरक्षणको जिम्मेवारी हाम्रै भएकाले पनि त्यहीअनुसार काम गरिरहेका छौँ,’ उनले भने ।

    सोसेक नेपालसँगको साझेदारीमा राउटे वस्तीमै प्राथमिक उपचार सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मी खटाइएको ओली बताउँछन् । आयोगले दिएको प्रतिवेदनको आधारमा योजना बनाउने गरी कार्यपालिकामा छलफल भइरहेको उनको भनाइ छ । रासस

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.