Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » केरा खेतीबाट वर्षमा ‘चोखो’ १० लाख कमाउँदै प्रताप

    केरा खेतीबाट वर्षमा ‘चोखो’ १० लाख कमाउँदै प्रताप

    By सूचनापाना९ मंसिर २०८१, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन् । डेढ दशकदेखि व्यावसायिक रुपमा केरा खेती गर्दै आएका रानाले केरा खेतीबाट वार्षिक १० लाख बढी आम्दानी गरिरहेका छन् ।

    SuchanaPana.com

    राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानित समेत भइसकेका छन् । सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गरेका रानाले हाल १७ बिघामा खेती विस्तार गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उनले बताए । अहिले केरा खेतीबाट वार्षिक १० लाख भन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए ।

    ‘केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु’, रानाले भने, ‘वार्षिक २८ देखि २९ लाखसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक रु १० लाखसम्म आम्दानी हुन्छ ।’ केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका साथै कृषि औजार जोड्ने गरेको उनले बताए ।

    कृषिमा प्रविधिको प्रयोग गरेपछि कम लागतमा धेरै आम्दानी हुन थालेपछि उनले पछिल्लो समय आम्दानीको केही अंश कृषिऔजार खरिदमा लगाउने गरेको बताए । ‘कृषिमा अहिले थुप्रै प्रविधि आएको छ यसबाट कम लागतमा धेरै आम्दानी गर्न सकिन्छ’, रानाले भने, ‘अहिले खेती गर्दा प्रविधिको प्रयोग गर्ने गरेको छु, अहिले ड्रोन प्रविधिबाट खेती गर्ने प्रयास गरिरहेको छु ।’

    कृषक रानाले केराखेती गर्न पर्याप्त जग्गा नहुँदा समस्या भएको गुनासो गरे । ‘मैले जग्गा भाडामा लिएर खेती गरिरहेको छु । यहाँ भाडामा पनि जग्गा पाइँदैन, पाइए पनि दुई÷तीन वर्षका लागि मात्रै पाइन्छ’, रानाले भने, ‘लामो समयका लागि जग्गा भाडामा नपाउँदा थोरै क्षेत्रफलमा खेती गर्नु परेको छ ।’ उनले लामो समयसम्मका लागि जग्गा भाडामा पाइए केराखेती विस्तार गर्दै लैजाने योजना रहेको बताए । खेतीमा प्रविधिको प्रयोगले उत्पादन र आम्दानी राम्रो हुन थालेको उनको भनाइ छ ।

    ‘बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधि छर्कन ड्रोन प्रविधिबाट खेती गर्ने तयारीमा छौँ’, रानाले भने, ‘ड्रोन प्रविधिको प्रयोगले उत्पादन र आम्दानी बढ्ने आशा गरेका छौ ।’ उनले पछिल्लो समय विषादी छर्किंदा किसानहरुको स्वास्थ्यमा समस्या हुने गरेको बताउँदै ड्रोन प्रविधिले कृषकको स्वास्थ्यमा हुने समस्या कम हुने विश्वास व्यक्त गरे ।

    रानाले दुई जनालाई मासिक तलबमा कामदार राखेको छ भने खेतीको सिजनको बेला ३०-४० जनालाई रोजगारी दिने गरेको बताए । उत्पादन गर्नसके बजारको समस्या नरहेको उनको भनाइ छ । ‘अहिलेसम्म बजारको समस्या भोग्नुपरेको छैन’, रानाले भने, ‘स्वदेशमै मेहनतका साथ काम गरे विदेश जानु पदैन ।’ उनले यहाँ उत्पादित केरा अत्तरिया, दिपायल, डडेल्धुरा र दाङको तुलसीपुरसम्मका बजारमा जाने गरेको जानकारी दिए । उनले राज्यले किसानलाई सहयोग गर्ने नीति ल्याउएमा किसानलाई हौसला प्राप्त हुनुका साथै उत्पादन वृद्धिमा सहयोग पुग्ने बताए । रासस

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.