Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

    पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

    By सूचनापाना९ मंसिर २०८१, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम पोखरा–जामुनेखण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको १०१ दिनको ठेक्का म्याद मंसिर २० गते समाप्त हुँदै छ ।

    SuchanaPana.com

    आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा ०७८ साल भदौदेखि काम सुरु भएको हो ।

    तीनवर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि दुईपटक म्याद थप हुन लागेको हो । पछिल्लो समय निर्माणको काम द्रुतगतिमा भइरहेकाले आगामी एक वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताए । ‘तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर तीव्र गतिमा काम जारी राखेको छ,’ उनले भने ।

    चार लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किलाेमिटर सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ भने पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक ६ लेन र आधा चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए ।

    वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम द्रुत गतिमा भइरहेको छ । निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कोभिड– १९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको इन्जिनियर नेपालले बताए ।

    पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा पनि सडक विस्तारमा ढिलाइ हुन पुगेको छ । ३८.८८ किलाेमिटर दूरीको पश्चिम खण्डमा पर्ने १२ मध्ये नौवटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ ।

    सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि सकिएको जनाइएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति समयमा पूरा नहुँदा जनगुनासो बढेको छ । निर्माणको चरणमा रहेको सडकबाट आवातजावत गर्दा पर्यटकलगायत सर्वसाधारणलाई सास्ती थपिएको छ ।

    चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनलले रु. सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किलाेमिटर लामो पोखरा–मुग्लिन विस्तारका निम्ति सडक एसियाली विकास बैंकले ऋण प्रदान गरेको हो । आयोजनाको पूर्वी सडक खण्ड जामुने–मुग्लिनमा भने हालसम्म भौतिक प्रगति ६८ प्रतिशत भएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

    उक्त खण्डमा १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उनले बताए । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए । आँबुखैरेनी गाउँपालिका– मार्कीचोकदेखि सत्र सय खण्डमा अहिले धमाधम कालोपत्र भइरहेको, पूर्वी खण्डअन्तर्गत २९ किलाेमिटरमा चार लेन र पाँच किलाेमिटरमा दुई लेन सडक कालोपत्र भइसकेको बताए ।

    ४१.४५ किलाेमिटर लामो पूर्वी खण्डमा रु. ६ अर्ब २१ करोड ३१ लाखमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको हो । यो खण्डको दमौली र डुम्रे बजारमा ६ लेन र अन्य स्थान चार लेनको सडक हुनेछ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.