Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सडक निर्माणको जिम्मा लिएर निर्माण व्यवसायी सम्पर्कविहीन

    सडक निर्माणको जिम्मा लिएर निर्माण व्यवसायी सम्पर्कविहीन

    By सूचनापाना१८ मंसिर २०८१, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    त्रिशूली(नुवाकोट) । सडक निर्माणको जिम्मेवारी लिएर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि पूर्वाधार विकास कार्यालय नुवाकोटले खोजी थालेको छ ।

    SuchanaPana.com

    जिल्लाको शिवपुरी गाउँपालिका-४ स्थित आइतरामपाटी-पुणीभञ्याङ हुँदै सिक्रे मैदान, तलाखु, छाप सडक स्तरोन्नतिको जिम्मा लिएको केबिएनएस-केबिके जेभीलाई कार्यक्षेत्रमा फर्किएर काम सुरु गर्न कार्यालयले खोजी थालेको हो ।

    निर्माणको सम्झौता र सडक शिलान्यास गरेर अहिलेको काम गर्नुपर्ने मुख्य समयमा निर्माण व्यवसायी सम्पर्कमा नआएपछि कार्यतालिकाअनुसार काम अघि बढाउन पत्राचारमार्फत खोजी थालिएको कार्यालय प्रमुख सुजन थापाले जानकारी दिए । उनका अनुसार गत जेठ १७ मा भएको सम्झौता र कात्तिक ६ मा भएको सडक शिलान्यासपश्चात् पनि काम नभएपछि निर्माण व्यवसायीलाई कार्यक्षेत्रमा फर्केर कामलाई शीघ्र अघि बढाउन पत्राचार गरिएको छ ।

    “गत आर्थिक वर्षको बहुवर्षीय ठेक्काअनुसार दुई वर्षभित्र सडक स्तरोन्नतिसहित कालोपत्र गर्न ठेक्का लगाइएको हो”, उनले भने, “सम्झौतापश्चात् छ महिनासम्म काम अघि बढाउन निर्माण व्यवसायीले चासो नदिएपछि पुनः दबाब दिने उद्देश्यले गत कात्तिक ६ मा पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य डा.प्रकाशशरण महतमार्फत शिलान्यास गरेर काम गर्न निर्देशन दिए पनि व्यवसायीले अटेर गरेका छन् ।”

    बीस वर्षअघि ट्रयाक खोलिएको उक्त सडकको करिब छ किलोमिटर स्तरोन्नतिसहित कालोपत्र गर्न रु १६ करोड ३० लाखमा केबिएनएस-केबिके जेभीले ठेक्का लिएको थियो । निर्माणको जिम्मा लगाउने समयमा भएको सहमतिअनुसार काम नभएपछि योजना कार्यान्वयनका लागि बजेटको स्रोत सुनिश्चितता गर्ने बागमती प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री बहादुरसिंह लामाले निर्माण सुरु गर्न ढिलो नगर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएका छन् । सोपश्चात् कार्यालयले निर्माण व्यवसायीलाई कार्यक्षेत्रमा फर्कन खोजी थालेको हो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.