झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आएका बेला विरोध प्रदर्शन गर्ने एक जना रास्वपा कार्यकर्ता पक्राउ परेका छन्।
आइतबार झापाको मेचीनगर ७ इँटाभट्टामा रास्वपाका ३० जना जति कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी गरेका हुन्। बिरोध प्रदर्शन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको बताइएको छ।
‘केपी ओली मुर्दावाद, राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद जस्ता नाराहरु लगाएर उनीहरूले बिरोध प्रदर्शन गरेका थिए ।
