Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » गुफा डाँडामा पाँचौ जलवायु दिवस मनाउँदै मेलम्ची नगरपालिका

    गुफा डाँडामा पाँचौ जलवायु दिवस मनाउँदै मेलम्ची नगरपालिका

    By सूचनापाना५ पुष २०८१, शुक्रबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । मेलम्ची नगरपालिकाले यही पुस १७ गते मेलम्ची नगरपालिका–९ मा रहेको गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको छ ।

    SuchanaPana.com

    नगरपालिकाको मंसिर २८ गते बसेको कार्यपालिका वैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले पुर्याउने असरको सम्वन्धमा छलफल गर्न दिवस आयोजना गर्न लागिएको हो । दिवसको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

    २०७५ सालमा जिल्ला समन्वय समिति महासंघको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको संयोजनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गरेकी थिईन् ।

    उक्त सम्मेलनमा ७७ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख तथा जलवायु परिवर्तन र वातावरण विज्ञहरुको सहभागिता थियो । सोहि बेला जलवायु परिवर्तनलाई संकेत गर्ने स्ट्याचुको अनावरण तथा ७७ जिल्लाको नाम अंकित राष्ट्रिय झण्डा फहराएर सम्मेलन उद्घाटन गरिएको थियो ।

    त्यसपछि लगातार २०७८ सालसम्म जिल्ला समन्वय समिति महासंघले दिवसको आयोजना गरेको थियो । महासंघले २०७९ बाट कार्यक्रमलाई निरन्तरता दिन छाडेपछि गत वर्ष मेलम्ची नगरपालिकाले विभिन्न कार्यक्रम गरी दिवसको आयोजना गरेको थियो। जलवायु सम्मेलन भएको पर्यटकीय स्थल गुफा डाँडामा नगरपालिकाले विभिन्न संरचनाहरुको निर्माण समेत गरिरहेको छ ।

    समुन्द्रि सतहबाट दुई हजार दुई सय ५० मिटर उचाईमा पर्ने गुफा डाँडामा उक्त दिन सांस्कृतिक प्रस्तुती तथा जलवायु विज्ञको प्रस्तुतिकरण सहितको कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.