Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सचिव मधु मरासिनी अवकाशमा

    सचिव मधु मरासिनी अवकाशमा

    By सूचनापाना१८ फाल्गुन २०८१, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । निजामती सेवामा ३८ वर्ष लामो यात्रा पूरा गरेका राष्ट्रिय योजना आयोगका सचिव मधु कुमार मरासिनी अवकाश भएका छन् । ५८ वर्षे सेवा उमेर हदका कारण शनिबार सेवा अवधि पूरा गरेका मरासिनीलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिदाइ गरेको हो ।

    SuchanaPana.com

    २०४३ सालमा खरिदार पदबाट निजामती सेवा यात्रा सुरु गरेका मरासिनी खुला प्रतिस्पर्धाबाट नायब सुब्बा, अधिकृत हुँदै उपसचिवसम्म पदोन्नति भएका थिए । कानुन मन्त्रालयमा खरिदारको रूपमा सेवा थालेका उनले अधिकृत र उपसचिवका रूपमा राजस्व प्रशासनमा महत्त्वपूर्ण समय बिताए । सहसचिव भएपछि पनि उनले अधिकांश समय अर्थ मन्त्रालयमा जिम्मेवारी सम्हाले ।

    मरासिनीले राजश्व अधिकृत उत्तीर्ण गरेको पाँच वर्षमै राजश्व मै उपसचिव पदमा खुला प्रतिस्पर्धाबाट नाम निकालेका थिए । उपसचिव रहँदा विश्व बैंकमा समेत काम गरेका उनले सहसचिव हुँदा चार वर्षभन्दा बढी वैदेशिक महाशाखा प्रमुखको रूपमा काम गरे भने एक वर्ष बजेट महाशाखा प्रमुखको जिम्मेवारी सम्हाले । साथै, केही समय आन्तरिक राजस्व विभागको उपमहानिर्देशकका रूपमा सेवा दिए । वाणिज्य मन्त्रालयमा सहसचिव हुँदा उनले कन्सुलर जनरलको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।

    सचिव भएपछि दुई पटक अर्थ सचिव बन्ने अवसर पाएका मरासिनीले महालेखा नियन्त्रक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय हुँदै राष्ट्रिय योजना आयोगको सचिवका रूपमा सेवा गरे । अर्थ प्रशासनका ज्ञाताका रूपमा परिचित मरासिनीले आफ्नो सेवा कालमा अर्थतन्त्र, राजस्व, बजेट र वित्तीय प्रशासनमा महत्त्वपूर्ण योगदान दिएका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.