Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मकै छोडेर कफीखेतीमा महाभारतका किसान

    मकै छोडेर कफीखेतीमा महाभारतका किसान

    By सूचनापाना१७ चैत्र २०८१, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थालेको तीन वर्ष भयो। मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उनी मकै छाडेर कफी खेतीमा लागेका हुन्।

    SuchanaPana.com

    यसअघि उनी मकै खेतीको भरमा थिए। तीन वर्षअगाडि ६०० बोट कफी रोपेर खेती शुरू गरेका उनले हाल नयाँ बोटहरू रोप्ने तयारीमा बारीभरि खाल्डो खनेका छन्। “यसवर्ष मात्रै चार सय किलो फल्यो,” उनले भने, “केही बिक्री भयो, केही बाँकी छ।” दाजुभाइको समेत गरेर उनीहरूले १८ रोपनीमा कफी लगाएका छन्। कफी काँचो प्रति केजी १३० र सफा गरेर सुकाएपछि ८३० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए।

    करिब १० वर्ष अगाडिदेखि थोरै मात्रामा कफी खेती शुरू गरेका सोही गाउँका अर्का किसान लालबहादुर मोक्तानले पनि मकै खेतीभन्दा कफीबाट राम्रो आम्दानी भएपछि कफी खेतीलाई प्राथमिकता दिनुभएको छ। स्थानीय सरकारले सिँचाइको व्यवस्था गरिदिएमा अझ उत्पादन वृद्धि गर्न सकिने मोक्तानको भनाइ छ।

    नीरज र लालबहादुर मात्रै होइनन्। यहाँका अधिकांश किसान कफीखेतीतर्फ आकर्षित भएका छन्। उत्पादन भएको कफी बिक्रीका लागि बजारसम्म धाउनु नपर्ने, घरमै खरिद गर्न व्यापारी आउने भएकाले पनि जिविकोपार्जनमा टेवा पुगेको स्थानीय कान्छा ब्लोन बताउँछन्। मकैले खाद्यान्नका रूपमा मात्रै धान्ने गरेकामा कफीबाट नगद प्राप्त गर्न सकिने भएकाले मकैभन्दा कफी सबैको रोजाइ बन्न थालेको उनले बताए।

    महाभारत गाउँपालिका–४ कोलटार लामागाउँका जगतबहादुर र शृंखलाल थोकरले कफी खेती गरेर वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। वडा नं ५ का वडा अध्यक्ष विजय राना मगरले किसानहरूले कफी खेतीमा चासो दिनथालेपछि कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाएको बताए। त्यसमा सिँचाइको आवश्यक भएकाले गाउँपालिका र प्रदेश सरकारले सहयोग गरेमा यहाँको किसानको जीवनस्तर परिवर्तन गर्न सकिने उनको भनाइ छ।

    महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेडले कफीका लागि आवश्यक तालिम, प्रशोधन गर्ने मेसिन, सुकाउने तारजाली, त्रिपाललगायतका सामग्री सहहयोग गर्दै आएको संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले बताए।

    महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाले किसानको आर्थिक उपार्जनमा सहयोग पुर्‍याउने गतिलो माध्यम कफी खेती भएकाले पालिकाले अनुदानमा खेतीलाई व्यवसायीकरण गर्दै लगेको बताए। डाँडापारिको जनताको लागि पहिलो आवश्यकता बाटो र बिजुली रहेकामा त्यसलाई पूरा गरेर हाल नागरिकको जीवनस्तर माथि उठाउन कफी उत्पादनमा जोड दिएको र बिरुवा वितरण, प्रशोधन उपकरणलगायत अन्य सामग्री वितरण गर्दै आएको उनले बताए।

    कफी खेतीलाई वृद्धि गर्न पालिकाको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान चलाएको र सो विवरण कृषि शाखामा पेस गरेर एक बोट बराबर २० रुपैयाँका दरले अनुदान दिँदै आएको उनको भनाइ छ। सोही योजनाअनुसार वडा नं ५ मा कफी उत्पादन अभियानलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारसँगको साझेदारीमा ‘समुदायमा आधारित एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरिसकेको उनले बताए।

    कृषि विकास कार्यालय प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षबाट सामुदायमा आधारित एक वडा, एक उत्पादन कार्यक्रम सञ्चालन हुँदै आएकामा यसवर्ष कफी उत्पादनको क्षेत्रमा उत्पादन गुणस्तर र उत्पादकत्व वृद्धिका लागि कफी प्रशोधन प्रविधि विषयक तालिम प्रदान गरिएको बताए। महाभारत गाउँपालिकामा कफी उत्पादनको काम सम्झौता गरेर कार्यान्वयनको चरणमा अगाडि बढाइसकेको र खानीखोला गाउँपालिकामा सम्झौताको चरणमा रहेको उनले जानकारी दिए।

    यस वर्ष मात्रै ४० हजार कफीको विरुवा वितरण गर्ने र गरिरहेको खेतीलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय कफी उत्पादनमा जोड दिने कृषि कार्यालयले जनाएको छ। त्यसका लागि किसानलाई पलपर मेसिन, सुकाउनका लागि त्रिपाल वितरण र कफीमा देखिने रोगका समस्या समाधानका लागि तालिम दिइरहेको कार्यालय प्रमुख दवाडीको भनाइ छ।

    यसवर्ष सो वडामा प्रदेश सरकारको ३० लाख रुपैयाँ, गाउँपालिका र किसानको १०/१० लाख गरी ५० लाख लागत साझेदारीमा कफी प्रशोधनमा प्रविधिको प्रयोग र सामग्री वितरण भइरहेको छ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.