Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पार्टीको पदबाट राजीनामा दिँदै सुमना श्रेष्ठ

    पार्टीको पदबाट राजीनामा दिँदै सुमना श्रेष्ठ

    By सूचनापाना४ बैशाख २०८२, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिने भएकी छन्। उनले आफू प्रतिनिधिसभाको जिम्मेवारीमै फर्कने प्रस्ताव पार्टीमा लगेकी छन्। पार्टीका कार्यवाहक सभापति डिपी अर्यालसँग पुगेको प्रस्तावमा उनले एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न चाहेको उल्लेख छ ।

    SuchanaPana.com

    श्रेष्ठले आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको बताएकी छन् । श्रेष्ठले राजकीय तथा व्यवस्थापकीय जिम्मेवारीको पाटो एक किसिमको, अनि पार्टीको अभियानकारी जिम्मेवारी दोस्रो किसिमको भएको भन्दै यसमा अब भिन्नता ल्याउन सिक्नुपर्ने उल्लेख गरेकी छन्।

    श्रेष्ठले भनेकी छन्, ‘सार्वजनिक नीति निर्माणमा भूमिका खेल्ने सांसदले पार्टीको समेत पद ओगट्दा राम्रो सन्देश जाँदैन । त्यसमा अर्को व्यक्ति आउनु पर्छ ।’ पार्टीमा उनले बुझाएको प्रस्तावमा अर्को कुनै सक्षम व्यक्तिलाई ल्याउनका लागि ढोका खोलिनु पर्ने उल्लेख छ । उनले आफ्नो विषय व्यक्तिगत नभई सैद्दान्तिक कोणबाट हेरिनुपर्ने भन्दै दुई महत्वपूर्ण जिम्मेवारी एकै व्यक्तिले लिनु मानवीय हिसाबले समेत उचित नहुने उल्लेख गरेकी छन् ।

    यद्यपि यसअघि शिक्षामन्त्री हुँदासमेत श्रेष्ठ सहमहामन्त्री पदमा भने बहाल नै थिइन् । पार्टी सभापति रवि लामिछाने त्यसबेला उपप्रधान तथा गृहमन्त्री थिए । श्रममन्त्री डिपी अर्याल पार्टीको उपसभापति छँदै थिए । यद्यपि श्रेष्ठले त्यस बेला समेत एक व्यक्ति एक पदको बहस चर्चामै रहेको भन्दै अब पार्टीमा यसको कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन् । नत्र रास्वपा अरु पार्टीजस्तै बन्न जाने उनको भनाई छ ।

    ‘उपसभामुख इन्दिरा राना वा संसदका प्रमुख सचेतक सन्तोष परियारहरूको हकमा भने यो लागु नगरे हुन्छ किनभने उहाँहरू आफ्नो सक्षमताका साथै विशेष वर्ग समुदायबाट आउनुभएको छ,’ श्रेष्ठको प्रस्तावमा छ, ‘बाँकीको हकमा चाहिँ यस्तो मान्यता लागु हुनुपर्छ । हामीले पार्टीको दस्तावेजमै उल्लेख गरिसकेका छौं ।’ सुमना श्रेष्ठको यो प्रस्तावबारे रास्वपाभित्र कोण–प्रतिकोणबाट छलफल चलिरहेको छ । केहीले श्रेष्ठले आफूले भन्दै आएको विषय अघि बढाएको भनेका छन् ।

    थुप्रै केन्द्रीय सदस्यहरुले चाहिँ पार्टीको नेतृत्वले चरम प्रतिकुलता बेहोरिरहेको, अनि नागरिकमा फेरि निराशा भरिन सक्ने बेलामा आशा बाँड्न छाडेर सुमनाले हचुवामा अराजनीतिक बाटो समातेको टिप्पणी गरेका छन् ।

    श्रेष्ठले यसअघि रवि लामिछाने १७ चैतमा पार्टी सभापतिमा पुनःबहाली हुने निर्णय भएकै दिनराजीनामा दिने प्रस्ताव लगेकी थिइन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.