काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा. गुणाकर भट्टको योग्यता नै नपुगेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । गभर्नर बन्ने डा।भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।
आज अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर डा।भट्टको योग्यता नपुग्ने दाबीसहित रिट दायर गरेका हुन् ।
उक्त रिटको पेशी आगामी आइतबार तोकिएको छ । नेकपा ९एमाले० का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा।भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो ।
लामो समयदेखि पेचिलो बन्दै आएको गभर्नर नियुक्ति सर्वोच्चमा रिट परेसँगै फेरि केही समय पछाडि धकेलिने निश्चित भएको छ ।
यता भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिए पनि कामु गभर्नरले अस्वीकृत गरेकी छन् ।
