Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सरकारको नीति तथा कार्यक्रम हनुमानले सञ्जीवनी बुटी पत्ता लगाउन नसक्दा पहाडै बोकेर ल्याएजस्तोः माओवादी नेता किराती

    सरकारको नीति तथा कार्यक्रम हनुमानले सञ्जीवनी बुटी पत्ता लगाउन नसक्दा पहाडै बोकेर ल्याएजस्तोः माओवादी नेता किराती

    By सूचनापाना२२ बैशाख २०८२, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य सुदन किरातीले सरकारको नीति तथा कार्यक्रम अमूर्त र अव्यबहारिक रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको नीति तथा कार्यक्रम रामायणमा ‘हनुमानले सञ्जिवनी बुटी पत्ता लगाउन नसक्दा पहाडै बोकेर ल्याएको’ जस्तै रहेको टिप्पणी गरेका हुन् । नीति तथा कार्यक्रममा झट्ट हेर्दा धेरै कुराहरु भएपनि नयाँ र प्रभावकारी कुनै पनि रहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘काइते शब्दजालले भरिएको मनोचिन्ते झोला’ को संज्ञा दिए ।

    SuchanaPana.com

    साथै, प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक नभएको कुरा जताततै व्यप्त रहेको बताउँदै उनले नीति तथा कार्यक्रममा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक र विदेशमा लगेर राखिएको कालो धन नेपालमै फिर्ता ल्याइने कुरा समावेश गरिनु आवश्यक रहेको बताए । ‘मन्त्रीहरुको अहिलेसम्म सम्पत्ति सार्वजनिक नभएको कुरा जताततै व्याप्त छ । जनताले पनि चासो राखेका छन् । एकैचोटी नीति तथा कार्यक्रममा मन्त्रीहरुको सम्पत्तिसहित देशमा भ्रष्टाचार गरेर विदेशी बैंकमा लगेर थन्क्याएको सम्पत्ति पनि नेपाल ल्याइन्छ भन्ने कुरा नीति तथा कार्यक्रममा आओस् भनेको त आएन । यो राख्नुपर्छ,’– उनले भने ।

    नीति तथा कार्यक्रममा एफएटीएफको ग्रे–लिस्टबाट देशलाई कसरी बाहिर निकाल्ने भन्ने योजना नआएको, स्वास्थ्यलाई गुणतस्तरीय बनाउने, सबै भीआईपीले नेपालमै उपचार गर्नुे, सरकारी शिक्षालाई गुणस्तरीय बनाउने कुनै पनि कुराले प्राथामिकता नपाएको नेता किरातीको भनाइ छ । उनले कृषिमा प्रभावकारी कार्यक्रम नआएको, राशायनिक मल कारखाना खोल्ने कुरा लामो समयदेखि अमूर्त रुपमा आइरहँदा अहिले पनि निरन्तरता मात्रै दिइएको, किसानलाई अनुदान नभएर बजारको सुनिश्चितता हुनुपर्नेमा त्यो हुने खालको कुनै विश्वास दिलाउन नसकेको, विदेशिएका युवाहरुलाई नेपालमै रोजगारी दिने कार्यक्रम समावेश नगरिएको बताए ।

    नीति तथा कार्यक्रममा महावीर पुनले सञ्चालनमा ल्याएको आविष्कार केन्द्रजस्ता अनुसन्धानको बारेमा एक शब्द पनि खर्च नगरिएको, नेपाली रैथाने ज्ञान, सीपमाथि अनुसन्धान हुनुपर्नेमा त्यसबारे सरकार मौन देखिएको उनले बताए । शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी र बाँदर आतङ्कले गाउँ खाली हुँदै गएको सहरमा मान्छेहरुको चाप बढिरहेको अवस्थामा त्यसलाई सम्बोधन गर्नेतिर नीति तथा कार्यक्रम नआएको उनको आरोप छ । बरु संसद्मा ठूला घरानाका मान्छेहरु ‘बाँदरलाई त भ्यासेक्टोमी गर्नु पर्ने’ कुरा राखेर र नीति तथा कार्यक्रम पनि त्यस्तैतिर केन्द्रीत भएको जस्तो भान भइरहेको उनले बताए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.