Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क

    पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क

    By सूचनापाना२५ बैशाख २०८२, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    धरान (सुनसरी) । पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे। पार्क निकै कलात्मक र आकर्षक लागेको उनले बताए। पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ।

    SuchanaPana.com

    “केही वर्ष अगाडि यहाँ चारैतिर जङ्गल, झाडी अनि खोला थियो। श्रमदान गर्दै गरेको देख्दा यो ठाउँ यस्तो राम्रो बन्न सक्छ जस्तो चाहीँ लागेको थिएन”, उनले भने, “अहिले यस्तो राम्रो बनिसकेछ, चारैतिर फूलले ढाकेको देख्दा मनै रोमाञ्चित भयो।”

    उदयपुर गाईघाटका हरी राई पनि श्रम सँस्कृति पार्कमा भेटिए। उनले भने, “सामाजिक सञ्जालमा मात्र देखेको यस ठाउँमा आइपुग्दा धरानमा आकर्षक गन्तव्य थपिएको रहेछ भन्ने लाग्यो।”

    भानुचोकबाट छ किलोमीटर माथि निर्मित उक्त पार्क नजिकै श्रमदानबाट बनाइएका ‘एसडिबी’, ‘रकगार्डेन’, ‘चिल्ड्रेन पार्क’लगायतका संरचना छन्। हरियाली वातावरणमा ढकमक्क फूलले ढाकेको यहाँ आन्तरिक र बाह्य पर्यटक दिनहुँ आउने गरेका छन्। ‘श्रम संस्कृति पार्क’ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ।

    हाल पार्क आसपासमा होटल सञ्चालित छन्। दिनमा एक हजारदेखि एक हजार पाँच सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय होटल व्यवसायी सुरज गुरुङले बताए।

    होटल व्यवसाय गर्दै आएकी सविता राईले भनिन्, “पछिल्लो समय यस ठाउँमा पाँचथर, तेह्रथुम, धनकुटा, इटहरी, मोरङ, झापागायत विदेशबाट पर्यटक घुम्न आउने गरेका छन्।”

    श्रम सस्कृति पार्कसँगैको ओशो पार्क, बिपी पार्क छन्। श्रमदानबाट श्रम संस्कृति पार्कसँगै अन्य पार्कहरु निर्माण गरिएका छन्। यस क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउने उद्देश्य अनुसार सबै पार्कलाई एकीकृत गरी प्रवर्द्धन गरिनुपर्ने प्रतिनिधिसभा सदस्य जयकुमार राईले बताए।

    धरान उपमहानगरपालिका–१३ फुस्रे चोकबाट ओशो पार्कसम्म पुग्ने बाटो पहिले कच्ची थियो। प्रदेश सरकारको रु ४० लाख बजेटमा एक किलोमिटर सडक कालोपत्र भएपछि यहाँ आउने पर्यटकलाई सहज भएको भएको उक्त वडाका वडाध्यक्ष नेत्र काफ्लेले बताए।

    यस पार्क क्षेत्रलाई थप व्यवस्थित बनाउँदै पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतको सुझाव छ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.