Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » राष्ट्रियसभा बैठक : पर्यटनबाटै गण्डकी प्रदेशको समृद्धि

    राष्ट्रियसभा बैठक : पर्यटनबाटै गण्डकी प्रदेशको समृद्धि

    By सूचनापाना७ जेष्ठ २०८२, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण आधार रहेकाले यसको विकास प्रवर्द्धनमा सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताएका छन् ।

    SuchanaPana.com

    राष्ट्रियसभाको सोमबारको बैठकको प्रादेशिक सरोकार समयम उनले धार्मिक पर्यटन प्रवर्द्धन गर्न सके गण्डकी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । पर्यटनलाई प्राथमिकता दिनसके देशको आयवृद्धि हुने उनको विश्वास छ ।

    नेकपा (एमाले) का सांसद तुलसाकुमारी दाहालले संविधानअनुरुप बन्नुपर्ने प्रदेश कानुन बनिसकेको र त्यसको कार्यान्वयनका लागि सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताइन् । उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारको बलियो समन्वय आवश्यक रहेको औँल्याइन् । सांसद दाहालले मधेसका आठ जिल्लालाई अन्न भण्डारको रुपमा विकास गर्न कृषि उत्पादन प्रवद्र्धन र कृषकलाई प्रोत्साहन, सिँचाइ र मलखादको व्यवस्था तथा सुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिन सरकारसमक्ष माग गरिन् ।

    नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले निजगढ विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गरे । उनले निर्माणाधीन द्रुत मार्ग चाँडो निर्माण सम्पन्न गर्न पनि सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

    नेकपा (समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले अनियमितता नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकार गम्भीर हुनुपर्ने बताइन्। दैनिक उपभोग्य वस्तुको महँगी नियन्त्रण गर्न, खाना पकाउने एलपी ग्यासको सहजताका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

    जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले सांसद मोहम्मद खालिनले मधेस प्रदेशको समग्र विकासा लागि बजेट सुनिश्चित गरिनुपर्ने बताए । उनले मधेसको विशेषतालाई खलबल्याउने काम भइरहेको दाबी गरे । त्यसको उदाहरणको रुपमा हालै सर्लाहीमा समुदाय विशेषका दुई जनालाई सुँगुरको खोरमा थुनेको घटना गम्भीर लापर्वाही भएको भन्दै यस्ता क्रियाकलाप तत्काल बन्द गर्न र सामाजिक सद्भाव कायम गर्न माग गरे । साथै उनले तराई–मधेसको शिक्षा, स्वास्थ्य पूर्वाधार विकास तथा गरिवी नियन्त्रणमा राज्यको विशेष ध्यान पुग्नुपर्नेमा जोड दिए ।

    नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले लुम्बिनी प्रदेशको समग्र विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले प्रदेशको पर्यटन विकासका लागि गन्तव्यको प्रवद्र्धन र पूर्वाधार विकासमा बजेट विनियोजन हुनुपर्ने धारणा राखे ।

    उनले प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना चाडो सम्पन्न गर्न, सुशासन प्रवर्द्धन र पुँजीगत खर्च बढाउने गरी बजेटमा समावेश गर्न माग गरे । सांसद शर्माले लुम्बिनी प्रदेशलाई अन्न भण्डारको केन्द्रको रुपमा विकास गर्न, सिँचाइको व्यवस्था, फलफूलखेती र जडीबुटीखेती उत्पादन प्रवद्र्धनमा ध्यान दिन सरकारसमक्ष माग गरे ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.