Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

    नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

    By सूचनापाना१९ असार २०८२, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवालाई सेवाप्रदायक र नियामक निकायका रुपमा विभाजन गरिनुपर्ने यस क्षेत्रका विज्ञहरुले औंल्याएका छन्।

    SuchanaPana.com

    प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आज भएको बैठकमा क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले हवाई सेवालाई सुरक्षित र व्यवस्थित तुल्याउन विद्यमान क्यानको संरचनालाई परिवर्तन जरुरी रहेको उल्लेख गरे।

    गौतमले भने, “क्यानको संरचनागत सुधारको विषय लामो समयदेखि उठिरहेको र पटक–पटक सरकारको नीति तथा कार्यक्रममा पनि समेटिएको थियो । अहिले यो करिब अन्तिम चरणमा पुगेको छ । विभाजन मात्रै ठूलो कुरा होइन एउटै छातामुनि भएपनि ‘फङ्सनल सेपेरेसन’ स्पष्ट हुनुपर्छ ।”

    पूर्वमहानिर्देशक गौतमले हालको संरचनामा क्यानले सेवा प्रदायकमा बढी फोकस भएको तर नियनमको पाटोलाई कम महत्व दिएकाले हवाई सुरक्षा प्रभावकारी हुन नसकेको उनको भनाइ थियो । उनले नयाँ संरचनामा विज्ञसमूह बनाउदा भरसक मन्त्रालयका सहसचिव भन्दा विज्ञहरुलाईनै प्राथमिकता दिएको खण्डमा प्रभावकारी हुने बताए।

    हवाई विज्ञ डा दीपक बास्कोटाले हवाई सुरक्षा प्रणालीलाई बलियो बनाउन सेवाप्रदायक र नियामक निकायको रुपमा स्थापित गरिनुपर्नेमा जोड दिए। “क्यान आइसोलेशनमा बस्न सक्दैन । संरचनागत सुधार अपरिहार्य देखिन्छ, त्यसका लागि विधेयकलाई समृद्ध बनाएर लैजानुपर्छ”, उनले भने।

    डा बास्कोटाले क्यानलाई छुट्टाछुट्टै निकायका रुपमा स्थापित गरेको खण्डमा युरोपेली सङ्घ (इयू) को ‘सेफ्टी सूची’ बाट हट्नेमा विश्वास व्यक्त गरे। इयूले नेपालको हवाई क्षेत्रलाई सन् २०१३ देखी सेफ्टी सूचीमा राखेको छ ।

    विधेयकमा सुझाव दिँदै विज्ञ बास्कोटाले नेपाल हवाई सेवा प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ नेपाल राख्दा उपयुक्त हुने धारणा राखे। साथै उनले नेपाल हवाई सेवा प्राधिकरणअन्तगर्तको समितिमा कर्मचारीभन्दा पनि विज्ञहरुलाई राख्न सुझाव दिए।

    समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विज्ञहरुसँग छलफल गरी राय सुझाव लिएको हो ।

    विस २०८१ माघ १९ गते प्रतिनिधिसभामा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ दर्ता भएको थियो । प्रतिनिधिसभामा दफावार भई विस २०८२ जेठ ४ गते विषयगत समितिमा दफावार छलफलका लागि पठाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त विधेयक अगाडि बढाएका हुन्।

    समितिका सदस्यहरुले हवाई सुरक्षालाई बलियो बनाउन के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ भनेर विज्ञहरुसँगा जिज्ञाशा राखेका थिए। विज्ञहरुले विधेयकका प्राब्धान र समेट्नुपर्ने विषयमा समितिलाई प्रस्तुतिकरण दिएका थिए।

    समितिका सभापति राजकिशोर यादवले मुलुकको हवाई सेवालाई व्यवस्थित र सुरक्षित बनाउन के कस्ता उपायहरु अपनाउन सकिन्छ र प्रतावित दुवै विधेयकमा समेट्नुपर्ने विषयबारे विज्ञहरुबाट रायसुझाव लिइएको बताए। उनले विज्ञ एवं सरोकारवालासँग छलफल सकेर चाँडै दफावार छलफलका साथ अघि बढाइने विश्वास व्यक्त गरे। समितिका सदस्यहरुले विधेयक चाडो टुङ्ग्याउनुपर्नेमा एकमत देखिएका थिए। रासस

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.