Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नेता तथा समाजसेवी भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण

    नेता तथा समाजसेवी भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण

    By सूचनापाना२१ असार २०८२, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मन्थली नगरपालिका–२ कठजोरस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण गरेका छन्।
    शुक्रबार विद्यालय परिसरमै आयोजित एक विशेष समारोहका बीच चौलागाईले कक्षा ईसिडीदेखि कक्षा १२ सम्म अध्ययनरत सबै विद्यार्थीलाई ट्याकसुट प्रदान गरेका हुन्।

    SuchanaPana.com

    उनले मन्थली नगरपालिकाको वडा नम्बर २ र ३ अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई ट्याकसुट वितरण गर्ने योजना रहेको जानकारी गराए। नेता चौलागाईले विगत केही वर्षदेखि रामेछापका विभिन्न सामुदायिक विद्यालयहरूमा कम्प्युटर, प्रिन्टरलगायत शैक्षिक सामग्री प्रदान गर्दै आएका छन्। यसअघि पनि उनले जिल्लाभरका सयौं विद्यार्थीलाई ट्याकसुट वितरण गरिसकेको काँग्रेसका युवा नेता ईश्वर बस्नेतले बताए ।
    “ग्रामीण भेगमा रहेका विद्यालयमा अध्ययन गर्ने गरिब र जेहेन्दार विद्यार्थीलाई ट्याकसुटजस्ता सामग्री प्रदान गर्दा उनीहरूको आत्मविश्वास र शैक्षिक अवस्था सुधार गर्न सघाउ पुग्छ भन्ने विश्वासका साथ मैले यो अभियान थालेको हुँ,” चौलागाईले कार्यक्रममा भने।

    कार्यक्रमकै अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरप्रसाद अधिकारी र प्रधानाध्यापक कुशप्रसाद दाहालले चौलागाईलाई कदरपत्र प्रदान गरी सम्मान गरेका थिए। प्रधानाध्यापक दाहालका अनुसार समाजसेवी चौलागाईको निरन्तर सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक गतिविधिमा थप प्रोत्साहन मिलेको छ। उनले भने, “चौलागाईजस्तो सहयोगी व्यक्तित्वले गाउँमा परिवर्तन ल्याउने अभियानलाई गति दिएको छ, जुन अत्यन्तै सराहनीय छ।”

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.