Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » ७८ वर्षमाथिका जेष्ठ नागरिक सम्मानित

    ७८ वर्षमाथिका जेष्ठ नागरिक सम्मानित

    By सूचनापाना२२ असार २०८२, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । रामेछाप नगरपालिकाले “ज्येष्ठ नागरिकसँग मेयर” कार्यक्रम अन्तर्गत ७८ वर्षमाथिका बुबाआमाहरूलाई सम्मान गरेको छ। नगरपालिकाको आयोजनामा शनिवार सम्पन्न कार्यक्रममा नगर क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई हर्लिक्स, छाता र टर्च लाइट वितरण गरिएको हो।

    SuchanaPana.com

    सम्मान कार्यक्रम रामेछाप नगरपालिकाका नगरप्रमुख आदरणीय लवश्री न्यौपानेको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं, प्रवक्ता समीर कार्की, स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर कार्की, रोजगार संयोजक विजय बराललगायत अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो।
    नगरप्रमुख न्यौपानेले ज्येष्ठ नागरिकहरू देश र समाजको आधारस्तम्भ भएको उल्लेख गर्दै उनीहरूको अनुभव, सल्लाह र मार्गदर्शन भावी पुस्ताका लागि मार्गदर्शक हुने बताए। “हामीले ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्नु हाम्रो सामाजिक कर्तव्य हो,” मेयर न्यौपानेले भने, “यो सम्मान कार्यक्रम उनीहरूको योगदानप्रति कृतज्ञता प्रकट गर्ने सानो प्रयास हो।”

    कार्यक्रममा सहभागी १ सय ३५ जेष्ठ नागरिकलाई नगरपालिकाको तर्फबाट स्वास्थ्यमा सहयोग पु¥याउन हर्लिक्स, वर्षायामलाई मध्यनजर गर्दै छाता, तथा सुरक्षाको दृष्टिले टर्च लाइट १÷१ थान प्रदान गरिएको थियो।
    स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले कार्यक्रमले जेष्ठ नागरिकको सम्मान मात्र नभई उनीहरूको स्वास्थ्य सुरक्षामा पनि योगदान पु¥याउने अपेक्षा गरिएको बताए। प्रवक्ता समीर कार्कीले रामेछाप नगरपालिकाले ज्येष्ठ नागरिक हितमा यसअघि पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनहरूमा अझ प्रभावकारी पहल गरिने प्रतिबद्धता जनाए।
    कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले नगरपालिकाको यस पहलको खुलेर प्रशंसा गरे। उनीहरूले राज्यबाट प्राप्त सम्मान र सद्भावले आफुहरूमा आत्मगौरव र आत्मविश्वास बढेको अनुभव साझा गरे।

    नगरपालिकाले आगामी दिनहरूमा पनि “ज्येष्ठ नागरिकसँग मेयर” कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.