Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » प्रमुख पदमा नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि

    प्रमुख पदमा नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि

    By सूचनापाना२२ असार २०८२, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    पाल्पा । यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनदेखि वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका हुन् ।

    SuchanaPana.com

    तानसेन नगरपालिका-२ की महिला सदस्य सविता भट्टराईले महिला पनि प्रमुख पदको नेतृत्व गर्न सक्षम भएकाले अवसर दिनुपर्ने धारणा राखिन्। तीन वर्षको अनुभवले नेतृत्व कसरी गर्ने भन्नेबारे सैद्धान्तिक जानकारी प्राप्त भएको जानकारी दिँदै उनले भनिन्, यो बीचमा नेतृत्व, जनसम्पर्क विस्तारलगायत क्षेत्रमा प्रशस्त अनुभव बटुल्यौँ, वडाको प्रमुखदेखि नगरको प्रमुख भएर पालिका चलाउने दृढ इच्छाशक्ति र संकल्प छ । हामीलाई सफल बनाउन आम नागरिकको साथ र अवसरको खाँचो छ ।

    वडा र नगर प्रमुखको आकांक्षी महिला अब नेतृत्वमा आउनुपर्नेमा सदस्य भट्टराईले जोड दिइन् । गत स्थानीय तहबाट निर्वाचितमध्ये ३१ जना महिलाले १४ वटा वडामा कार्यवाहक वडाध्यक्षका रूपमा जिम्मेवारी लिएर काम गरिरहेका छन्। महिला जनप्रतिनिधि कार्यवाहक वडाध्यक्षको नेतृत्व गर्न सफल भएकाले आगामी दिनमा जिम्मेवारीसँगै वडाध्यक्ष तथा नगरप्रमुखको नेतृत्व लिन सक्षम बनेका तानसेन–५ की वडा सदस्य लक्ष्मी विकले बताइन् ।

    हाल वडा सदस्यको जिम्मेवारीमा रहेका केही महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने योजना बनाएको उनीहरूको भनाइ छ । यहाँका १४ वटै वडाध्यक्षले दिएको कार्यवाहकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका महिला जनप्रतिनिधिले बताएका छन् । उनीहरूले स्थानीय सरकारको नीति, नियम, कार्यक्रम, योजना तथा बजेटका विषयमा विज्ञता हासिल भएको बताइन् ।

    अहिले नगरपालिका निर्वाचित महिला कार्यकारी पदमा नभएकाले आगामी दिनमा कार्यकारी पदमा बसेर जनताको सेवा गर्ने योजना रहेको कार्यपालिका सदस्य मञ्जु विकले बताइन् । निर्वाचनमा टिकट दिने विषय पार्टीको भएकाले महिलालाई अगाडि बढाउन पार्टीले अवसर दिनुपर्नेमा जोड दिँदै जनतासँग साथ र सहयोगका लागि आग्रहसमेत गरिन् ।

    “पार्टीले अनुमोदन गरी अवसर दिएमा जनताको सहयोगमा उल्लेख्य कार्यसम्पादन गर्ने प्रतिबद्धता गर्दछु । प्रमुखको जिम्मेवारी बहन गरी जनताको सेवा गर्ने संकल्प गरेकी छु”, उनले भनिन्।

    नगरपालिकाका ७३ जना जनप्रतिनिधिको निर्वाचित बोर्ड संरचनामध्ये उपप्रमुखसहित ३३ जना छन् । नगरका १४ वटा वडाबाट महिला र दलित गरी २८ जना महिला निर्वाचित भएका छन् भने तीन वटा वडामा खुला सदस्यमा महिला निर्वाचित भएका छन् । एक जना दलित महिलालाई तानसेन नगरपालिका बोर्डले कार्यपालिका सदस्यमा मनोनीतसमेत गरेको छ ।

    नगरका ३३ जना महिला जनप्रतिनिधिमध्ये उपप्रमुखसहित छ जना कार्यपालिका सदस्य छन् । ती महिला कार्यपालिका सदस्यहरू हालसम्मको कुनै पनि बैठकमा अनुपस्थित नभएका जनाइएको । साथै नगरका सबै महिला जनप्रतिनिधि विभिन्न विषयगत समितिमा बसेर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.