काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ ।
विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमा सोमबारदेखि फसेका २ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत आज बिहान उद्धार गरिएको हो ।
घाँस–दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि रातभर रुखमा चढेर बसेका थिए । उनीहरु दुवै जना एकै परिवारका हुन् ।
