Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग समन्वय आवश्यकः मन्त्री खड्का

    प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग समन्वय आवश्यकः मन्त्री खड्का

    By सूचनापाना२६ असार २०८२, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीन सरकारसँग पनि समन्वय गर्नुपर्ने धारणा राखेका छन् ।

    SuchanaPana.com

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मनसुनजन्य विपद्को लागि पूर्वतयारी र व्यवस्थापनसम्बन्धी, २०८२ का सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री खड्काले नेपालका अधिकाशं नदी चीनबाट बहने भएकाले बाढीपहिरोबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग सहकार्य आवश्यक रहेको बताएका हुन् ।

    “पानी परेको देखिँदैन, ताल फुटेको देखिँदैन तर रसुवाको भोटेकोशीमा एक्कासी ठूलो बाढी आएको छ, मौसम विभागमा ‘साइरन सिस्टम’ जडान भएको भए समयमै सूचना थाहा पाउन र क्षति न्यूनीकरण गर्न सकिन्थ्यो,” उनले भने । मन्त्रालयमा डाटा र प्रविधि आवश्यक रहेको कुरा बेलाबेलामा हुने गरेपनि डाटा नहुँदा समस्या भएको उनको भनाइ थियो ।

    ऊर्जामन्त्री खड्काले नेपालमा रहेका हिमतालको संरक्षणलाई सरकारले प्राथमिकता दिएको बताए । चीनमा भएका हिमताल फुट्दा नेपालमा जोखिम बढ्नसक्ने भएकाले चीनसँग समन्वयको खाँचो रहेको उनको भनाइ थियो ।

    “सरकासँग स्रोतको कमी छ, हामी सबैलाई पूर्वसूचना चाहिएको छ, हामीले निर्माण गर्ने जलविद्युत्देखि सिँचाइका नहरमा सम्बन्धित कार्यालयले नै पूर्वसूचना केन्द्र जडान गर्नसके क्षति न्यूनीकरणमा सहयोग पुग्थ्यो,” उनले भने । उनले विपद् सधै आउने भएकाले त्यसको पूर्वतयारीका लागि मन्त्रालयस्तरबाट एउटा समिति बनाएर अगाडि बढ्न निर्देशनसमेत दिए ।

    मन्त्री खड्काले बाढीपहिरोबाट क्षति भएका संरचनाको पुनःनिर्माणका लागि चाहिने आवश्यक सामग्री भन्सार छुटमा खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग छलफल गरिने उल्लेख गरे । उनले देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।

    मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडीले मन्त्रालयभित्रको विपद्को कामलाई एकीकृत ढङ्गले अगाडि बढाउन आवश्यक रहेको बताए । उनले विपद्जन्य घटनाको पूर्वसूचनाका लागि हिमाली र पहाडी क्षेत्रमा ‘स्टेशन’ थप्न जरुरी रहेको उल्लेख गरे ।

    जल तथा ऊर्जा आयोगका सचिवालयका सचिव दिनानाथ मिश्रले विपद् न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको बताए । हिमनदीमा हुने बाढीबारे पूर्वसूचनाका लागि चीनको जल तथा मौसम विज्ञानसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य सहभागी छलफलमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रसुवाको भोटेकोशीमा आएको बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुगेको बताए । उनले रसुवागढी, चिलिमे, त्रिशुली थ्री बीलगायतका जलविद्युत् केन्द्र र सवस्टेशनमा बाढीले ठूलो क्षति पुगेको जानकारी गराए ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मनसुनजन्य विपद्को लागि पूर्वतयारी र व्यवस्थापनसम्बन्धी, २०८२ बारे जानकारी गराउँदै मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

    उनले विपद्बारे समयमै पूर्वसूचना उपलब्ध गराउन सकिए क्षति न्यूनीकरणमा सहयोग पुग्ने उल्लेख गरे । सहसचिव आचार्यले मौसम पूर्वानुमान महाशाखाको, सुरक्षा निकाय तथा गृह मन्त्रालयको सूचना, माथिल्लो क्षेत्रका जनता, स्थानीय तहको सूचनालाई पच्छाउन सके विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताए । रासस

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.