Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » महिनावारी हुँदा गोठमा सुत्न जाँदा सर्पले डसेर महिलाको मृत्यु

    महिनावारी हुँदा गोठमा सुत्न जाँदा सर्पले डसेर महिलाको मृत्यु

    By सूचनापाना२९ असार २०८२, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    कञ्चनपुर । कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीय कमला दमाई (आउजी)को सर्पदंशबाट मृत्यु भएको छ। महिनावारी (रजस्वाला) भएका समयमा घरको आँगनमै रहेको गोठमा सुत्न गएका बेला उनलाई बायाँ गालामा शुक्रबार सर्पले डसेको थियो।

    SuchanaPana.com

    तत्काल उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो। अस्पतालमा उपचारका क्रममा दमाईको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए।

    कमलाका तीन स-साना बालबालिका छन्। मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन्। दमाईको बस्नका लागि पक्की घर भए पनि महिनावारी भएपछि सुत्नका लागि घरको आँगनमै बनाइएको गोठमै जाने गरेको स्थानीय बासिन्दाको भनाइ छ। स्थानीयका अनुसार कमला महिला दुई महिनाअघिमात्र भारतबाट घर आइपुगेकी थिइन्।

    नगरप्रमुख हेमराज ओझाले गोठमा सर्पदंशबाट महिलाको मृत्यु खबर सुन्दा स्तव्ध भएको बताए। “छाउपडी प्रथा हटाउनका लागि प्रयास गर्दै आएका छौं”, उनले भने, “जनचेतना फैलाउने कार्य गर्दागर्दै महिलाको दुःखद् निधन भयो, निकै मर्माहत छौं।” विद्यमान छाउपडी प्रथा हटाउनका लागि आगामी आवको नीति तथा कार्यक्रमै पनि सचेतनामूलक कार्यक्रम गर्ने, छागोठ भत्काउने कार्यक्रम राखिएको उनले जानकारी दिए।

    “छाउपडी प्रथा कानुनतः निषेध गरिएको भए पनि अशिक्षा र गरिबी भएका क्षेत्रमा विद्यमान छ, त्यसलाई घटाउनका लागि भरमग्दुर प्रयासमा छौं”, उनले भने। छाउपडी प्रथाजस्तो गम्भीर मानवताविरोधी कुप्रथाका कारण निर्दाेष महिलाले ज्यान गुमाउनुपरेको दलित अगुवा राजुराम सार्कीले बताए।

    महिनावारी नियमित प्राकृतिक जैविक प्रक्रियालाई घृणित भावना राखेर व्यवहार गर्ने घरपरिवार, समाजको चरित्र फेर्न आवश्यक रहेको उनले उल्लेख गरे। राष्ट्रिय हलिया मुक्ति समाजका अध्यक्ष शिवी लुहारले छाउपडी प्रथा नेपालको सुदूरपश्चिममा प्रचलित अमानवीय सामाजिक प्रथाको अन्त्य हुनुपर्ने बताए।

    कुरीतिजन्य अमानवीय यस प्रथालाई हटाउन सम्बन्धित निकायले यथाशीघ्र पहलकदमी लिनुपर्ने उनको भनाइ छ। उनका अनुसार मुलुकी अपराध संहिता २०७४ मा महिला रजस्वला र सुत्केरी भएको अवस्थामा छाउपडीमा राख्न नराख्न पाइने व्यवस्था छ। यस्तो कार्य गरिए तीन महिना कैदको व्यवस्था छ। रासस

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.