Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सुनापतिको पर्यटन सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

    सुनापतिको पर्यटन सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

    By सूचनापाना६ श्रावण २०८२, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा रहेको समृद्ध पर्यटन सम्भावनाबारे काठमाडौँमा एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    SuchanaPana.com

    आइतबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजित उक्त कार्यक्रममा पर्यटन विकासका विविध पक्षमा बहस तथा सुझाव आदानप्रदान गरिएको थियो।
    कार्यक्रमको आयोजना सुनापति गाउँपालिकाले गरेको हो।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री कान्छाराम तामाङदेखि लिएर विभिन्न राजनीतिक दलका नेताहरु, स्थानीय जनप्रतिनिधि, संस्कृतिकर्मी, ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीदेखि लिएर प्रदेश सांसदहरू समेत सहभागी थिए।

    पूर्वमन्त्री तामाङले सुनापति क्षेत्रको भूगोल, मौलिक संस्कृति र वातावरणीय विविधता पर्यटनको दृष्टिकोणबाट अत्यन्त आकर्षक रहेको बताउँदै यसलाई समुचित योजना र पूर्वाधारमार्फत प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “सुनापतिबाट गाल्पासम्म कालोपत्रे सडक विस्तार गर्न सकेमा उक्त क्षेत्रलाई दोरम्बा–शैलुङ र खाँडादेवी गाउँपालिकासम्म सहज रूपमा जोड्न सकिन्छ, जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न सक्दछ।”

    सुनापति, दोरम्बा र खाँडादेवी तीनवटै गाउँपालिकाबीच समन्वय र सहकार्य गर्दै साझा पर्यटन मार्ग निर्माण गर्न सकेमा समग्र रामेछाप जिल्लाको पर्यटन सम्भावनामा नयाँ आयाम थपिने तामाङको भनाइ थियो।

    पूर्वसांसद तथा नेकपा (माओवादी केन्द्र)का नेता श्यामकुमार श्रेष्ठले सुनापतिलाई ‘युद्ध पर्यटन’ को दृष्टिकोणबाट समेत प्रवद्र्धन गर्न सकिने सम्भावना औंल्याए। उनले जनयुद्धकालमा भएको विभिन्न ऐतिहासिक गतिविधि र स्मरणीय स्थलहरूलाई चिनाउने गरी ‘युद्ध इतिहास पदमार्ग’ निर्माणको अवधारणा अघि सारे। श्रेष्ठले भने, “रामेछाप युद्धको ऐतिहासिक थलो हो, त्यसैले यसको दस्तावेजीकरण र प्रचारप्रसार गरी ‘इतिहास–पर्यटन’ लाई जोड्न जरुरी छ।”

    नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेलले भने सुनापति र दोरम्बा गाउँपालिकाबीचको सहकार्यलाई अझ सशक्त बनाउँदै पर्यटन प्रवद्र्धनमा केन्द्रीत कार्यक्रमहरू अघि बढाउनु आवश्यक रहेको बताए। उनले सुनापतिका ऐतिहासिक सुरुङहरू, खासगरी देसारगाउँमा रहेको तामाखानी उत्खनन स्थलबारे अनुसन्धान तथा संरक्षणको खाँचो औंल्याउँदै यसलाई पर्यटकीय आकर्षणको रुपमा विकास गर्न सकिने धारणा राखे।

    पौडेलले सुनापतिमा रहेका सुवेदार जम्दार धारो, अग्लेश्वरी पहाड जस्ता स्थानहरू ऐतिहासिक तथा सांस्कृतिक हिसाबले महत्त्वपूर्ण रहेको भन्दै ती स्थलहरूलाई प्रचार गरेर पर्यटकलाई आकर्षित गर्न सकिने बताए। उनका अनुसार, यस्ता सम्पदा स्थानिय पहिचानका प्रतीक मात्र होइनन्, बाह्य पर्यटकलाई आकर्षण गर्ने एउटा महत्वपूर्ण आधार पनि हुन्।
    कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति युवराज चौलागाईं, बागमती प्रदेशसभा सदस्य चौलागाईं, नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा रामेछाप इञ्चार्ज कमल प्रसाद चौलागाईं लगायतले समेत बोलेका थिए। उनीहरूले सुनापतिको मौलिक संस्कृति, भौगोलिक बनावट र स्थानीय जनजीवन पर्यटनको दृष्टिमा अद्वितीय भएको उल्लेख गर्दै त्यसको संरक्षण, सम्वद्र्धन र विस्तारमा स्थानीय, प्रादेशिक र संघीय सरकारबीच समन्वय आवश्यक रहेको धारणा राखे।

    सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले आफ्नो पालिकाभित्र पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। उनले क्षेत्रको भौगोलिक विशेषता, हरियाली बनजंगल, मौलिक संस्कार र ऐतिहासिक सम्पदालाई पर्यटकीय मूल्यमा रूपान्तरण गर्न आवश्यक भौतिक पूर्वाधार, सूचना प्रवाह र निजी क्षेत्रको लगानी आवश्यक रहेको धारणा राखे।

    उनले भने, “सुनापतिमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न उपयुक्त स्थान, शान्त वातावरण र मौलिक संस्कृति छ। तर, अहिले त्यहाँ पर्यटक बस्न सक्ने गुणस्तरीय होटेल, रिसोर्टको अभाव छ। त्यसैले हामीले निजी क्षेत्रसँग सहकार्य गरेर आवास, खानपिन र अन्य पूर्वाधार विकासमा जोड दिनेछौँ।” अध्यक्ष तामाङले सबै सरोकारवाला निकाय, प्रवासी समुदाय, सञ्चार माध्यम र विज्ञहरूलाई सुनापति गाउँपालिकाको पर्यटन विकासमा सहकार्य गर्न आह्वान पनि गरे। उनका अनुसार सुनापतिलाई समृद्ध बनाउने सपना सबैको साझा हुनुपर्ने छ।

    कार्यक्रममा सहभागी वक्ताहरूले सुनापतिमा पर्यटन विकास हुँदै जाँदा त्यहाँ रोजगारी सिर्जना हुने, स्थानीय उत्पादनको खपत बढ्ने, संस्कृति संरक्षण हुने र समग्रमा गाउँलेको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे। उनीहरूले पर्यटन विकासलाई केवल भौतिक पूर्वाधारको कुरा मात्र नभई, सामाजिक, सांस्कृतिक र आर्थिक रुपान्तरणको महत्वपूर्ण साधनका रुपमा लिनुपर्ने सुझाव पनि दिए।

    सुनापति गाउँपालिकामा पर्यटनको अपार सम्भावना रहेकाले यसलाई योजनाबद्ध ढंगले अघि बढाउन सामूहिक प्रतिबद्धता आवश्यक देखिएको छ। स्थानिय सरकारको इच्छाशक्ति, राजनीतिक दलहरूको सहकार्य, नागरिक समाजको जागरण, विज्ञहरूको सुझाव र निजी क्षेत्रको लगानी — यी सबै पक्षहरूको मिलनबिना पर्यटन प्रवद्र्धनको सपना अधुरो रहन सक्छ।
    यसै सन्दर्भमा पर्यटन बोर्डको सभाहलमा आयोजित यो अन्तरक्रिया कार्यक्रमले सम्भावना पहिचान र सहयोगको नयाँ आधार तयार गरेको छ भन्ने विश्वास लिइएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.