Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सप्ताहव्यापी विश्व आदिवासी दिवस मनाउँदै ‘नेफिन’

    सप्ताहव्यापी विश्व आदिवासी दिवस मनाउँदै ‘नेफिन’

    By सूचनापाना१९ श्रावण २०८२, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अगष्ट ९ लाई जोड दिदै सप्ताहव्यापी ३१औं विश्व आदिवासी दिवस मनाउने भएको छ ।

    SuchanaPana.com

    नेफिनले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गरंं” भन्ने मूल नारा सहित ३१औं विश्व आदिवासी दिवस मनाउन लागेको हो । सो अवसरका नेफिनले जातिय भेषभुषा र झाँकी सहित पाँच हजारको बृहत ¥याली निकाल्ने भएको छ ।
    आइतवार नेफिनले पत्रकार सम्मेलनको आयोजना गर्दै अगष्ट ९ अर्थात श्रावण २४ गतेदेखि श्रावण २८ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना हुने जानकारी दिएको हो ।

    विश्वका आदिवासीहरुले विगत ३१ वर्ष देखि मनाउंदै आईरहेको अन्तराष्ट्रिय विश्व आदिवासी दिवश नेपालका आदिवासी जनजातिहरुले पनि विशेष उत्सवका रुपमा मनाउंदै आएका छन ।

    आदिवासी जनजातिहरुको जातीय, भाषीक, साँस्कृतिक तथा धार्मीक पहिचानलाई स्थापीत गर्ने, आदिवासीहरुको मौलिक ज्ञान सिप र उनीहरुको थाकथलोको संरक्षण एवम् प्रवर्धन गर्ने आदिवासीको भूमि र प्राकृतिक श्रोत माथीको अधिकार सुनिश्चित गर्ने तथा राज्यका हरेक निकायमा समानुपातीक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्धाहरुलाई राष्ट्रिय वा अन्तराष्ट्रिय रुपमा बहस पैरवी गर्ने महत्वपूर्ण अवसरका रुपमा यसलाई मनाउने लागिएको नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले बताए ।

    ३१औं विश्व आदिवासी दिवस नेपालमा आदिवासी जनजातिहरुको उत्सवको रुपमा आयोजना हुने भएकोले नेपालका आदिवासी जनजातिहरुका पहिचान झल्किने साँस्कृतिक झाँकीहरु, नृत्यहरु, खानाका परिकारहरुको प्रदर्शन समेत हुने नेफिनका महासचिव दिवस राईले बताए ।

    नेफिनले उत्सवको रुपमा मूख्य कार्यक्रम श्रावण २४ गते राष्ट्रिय सभा गृहमा आयोजना गरिनेछ । मूल समारोहलाई नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गरिनेछ ।

    उत्सबमा आदिवासी जनजातिहरुका मातृभाषा र लोकभाकामा बनेका गीतहरु, साँस्कृतिक झाँकीहरु, स्थानिय र रैथाने प्रकृतिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातिय भेषभुषा सहित राजधानीको मध्य भाग भृकुटीमण्डप देखि ¥याली सुरु भएर विभिन्न स्थानहरु परिक्रमा गरी पुनः प्रदर्शनीमार्गको राष्ट्रिय सभागृह सम्म आदिवासी जनजातिहरुको खुला र भव्य प्रस्तुतिलाई सडकभरि गुञ्जयमान बनाईनेछ ।

    नेफिनले साँस्कृतिक झाँकी सहितको ्याली ११ बजे भृकुटिमण्डपमा जम्मा भएर भद्रकाली, सून्धारा, वीर अस्पताल, रत्नपार्क, पूरानो बसपार्क भएर प्रदर्शनीमार्ग राष्ट्रिय सभागृहको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत गर्ने तयारी गरेको छ ।

    मूल समारोहमा संवैधानिक निकायका प्रमुखहरु, माननीय साम्सदहरु, पार्टी प्रतिनिधिहरु, महासंघका पूर्ब प्रमूखहरु, विभिन्न आदिवासी जनजाति विशिष्ट ब्यक्तीत्वहरु, जातीय संस्था र सम्बन्धन संगठनका अध्यक्षहरु लगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति संघ संस्थाहरुबाट हजारौको उपस्थीति रहने नेफिने बताएको छ ।

    मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिई कार्यन्वयनको चरणमा प्रवेश गरेको भन्दै कार्यक्रममा बागमति प्रदेश सरकारको तत्कालिन मूख्यमन्त्री माननीय शालिकराम जमरकटेल र गण्डकी प्रदेशको मूख्यमन्त्री माननीय सूरेन्द्रराज पाण्डेज्युलाई सम्मान गरिने कार्यक्रम पनि रहेको बताएको छ ।

    बागमतीमा तामाङ र नेपाल भाषा (नेवारी) भाषा र गण्डकी प्रदेशको सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषालाई मान्यता दिइएको छ ।जनजातिहरुको कला, संस्कृति, पहिचान, भेषभुषा, खानाका परिकारसहितको उत्सब भएकोले ५ हजार भन्दा बढिको उपस्थित रहने दावी गर्दै आयोजकले राष्ट्रिय सभागृह बाहिर समेत कार्यक्रम प्रत्यक्ष प्रशारण गरिने तयारी भएको बताएको छ ।

    नेफिनले श्रावण १७ गते आदिवासी जनजाति अपांग महासंघको सम्मेलन, २० गते महलिा महासंघको बहस कार्यक्रम, २२ गते आदिवासी जनजति उत्थान राष्ट्रिय प्रतिष्ठान, एफएओ र युनेस्कोको आदिवासीहरुको मातृभाषा र खाद्य सुरक्षा सम्बन्धी अभिमूखिकरण कार्यक्रम तथा उत्सव, २२ गते नै आदिवासी जनजाति आयोगले आदिवासी जनजाति र एआई वारे कार्यशाला, २३ गते गुरुङ राष्ट्रिय परिषद्को चियापान तथा शुभकामना आदानप्रदान, २४ गते नेफिनको मूल समारोह, २५ गते नेपाल मगर संघको अन्तरकृया, २५ गते नै युवा महासंघको पैदल यात्रा तथा अन्तरसम्वाद, २५ गते नै विद्यार्थी महासंघको आदिबासीको भविष्य र एआई विषयक अन्र्तक्रिया, २६ गते आदिवासी जनजातिहरुको सवलमा संवाद कार्यक्रम, २७ गते पत्रकार महासंघ (फोनिज)को २६औं स्थापना दिवस तथा फोनिज अवार्ड र २८ गते सुनुवार सेवा समाजको कला साहित्य पुरस्कार वितरण कार्यक्रमलगायतका सूची तयार गरेको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.