Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नेपाल पर्यटन यातायात व्यवसायी संघको ११औं महाधिवेशनका लागि तामाङको नेतृत्वमा उम्मेदवारी घोषणा

    नेपाल पर्यटन यातायात व्यवसायी संघको ११औं महाधिवेशनका लागि तामाङको नेतृत्वमा उम्मेदवारी घोषणा

    By सूचनापाना२८ श्रावण २०८२, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    साउन २७, काठमाडौं । नेपाल पर्यटन यातायात व्यवसायी संघको २२औं साधारण सभा तथा ११औं महाधिवेशनको अवसरमा भिम बहादुर गोले तामाङको नेतृत्वमा प्यानलसहित उम्मेदवारी घोषणा गरिएको छ। नेश्नल टुर्स भेहिकल सर्भिस प्रा.लि.का सञ्चालक तथा संस्थापक सचिवदेखि उपाध्यक्षसम्मको अनुभव बोकेका गोलेले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

    SuchanaPana.com

    गोलेको प्यानलमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारका रूपमा ड्राईभ एडभेन्चर प्रा.लि.का सञ्चालक तथा वर्तमान उपाध्यक्ष विनोद तामाङ, उपाध्यक्षमा आर के एस भेहिकल सर्भिस प्रा.लि.का सञ्चालक तथा वर्तमान कोषाध्यक्ष राम कुमार वस्नेत, महासचिवमा हेल्पफुल भेहिकल सर्भिस प्रा.लि.का सञ्चालक तथा निवर्तमान सचिव भरत प्रसाद तिमिल्सिना, सचिवमा टाईगर ट्राभल एण्ड टुर्स प्रा.लि.का सञ्चालक तथा वर्तमान सदस्य टेक पुन मगर र कोषाध्यक्षमा ट्रीनिटी टुर्स सर्भिस प्रा.लि.का सञ्चालक तथा वर्तमान सदस्य तेज मान लामा रहेका छन्। सदस्य पदमा त्रिदेव भेहिकल सर्भिस प्रा.लि.का बजिराम घिमिरे, टुर्स एण्ड भेहिकल प्रा.लि.का हरि हुमागाई र नोरन्जन रमझम भेहिकल सर्भिस प्रा.लि.का बिष्णु कार्की प्रतिस्पर्धामा छन्।

    काठमाडौंमा सोमबार बेलुका आयोजित घोषणा कार्यक्रममा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ यातायात व्यवसायी साङ्गे लामाले संघको संस्थागत विकासका लागि अनुभवी नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै भिम गोलेको नेतृत्व पर्यटन यातायात क्षेत्रमा नयाँ दिशा दिने विश्वास व्यक्त गरे। उनका अनुसार, विगतमा धेरै चुनौतीहरूको सामना गरिसकेको संघलाई अब प्रतिबद्ध र सक्षम नेतृत्वको आवश्यकता छ, जुन गोलेको टिममा स्पष्ट देखिन्छ।

    ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष खुम सुवेदीले पनि पर्यटन उद्योगको सफलतामा यातायात सेवाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संघले अझ सशक्त योजनासहित अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, “पर्यटन र यातायात छुट्टै कुरा होइनन्। यात्रुहरूको सुविधा र सुरक्षामा ध्यान दिन सके मात्र उद्योगको छवि उजिलिन्छ।” सुवेदीले महाधिवेशनमा देखिएको प्रतिस्पर्धी वातावरणलाई स्वागत गर्दै अन्ततः सबै प्यानलहरू संस्थाको हितमा एक भएर काम गर्नुपर्ने सुझाव दिए।

    संघका वर्तमान अध्यक्ष वेदराज वास्तोलाले आफ्नो कार्यकालमा थालिएका परियोजनाहरूलाई निरन्तरता दिने तथा थप सुदृढ पार्ने नेतृत्वको आवश्यकता रहेको भन्दै उम्मेदवार टोलीलाई शुभकामना दिए। उनले संघलाई व्यवस्थित र पारदर्शी बनाउन गरिएको पहलको चर्चा गर्दै आगामी नेतृत्वले यसलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। वास्तोलाले भने, “यो जुझारु टिमलाई मेरो हरपल साथ र सहयोग रहने छ।”

    अध्यक्ष पदका प्रत्याशी भिम बहादुर गोले तामाङले संघले स्थापना कालदेखि हालसम्म गरेका उपलब्धिहरू, हाल सञ्चालनमा रहेका गतिविधिहरू तथा आगामी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरे। उनले संघको आर्थिक पारदर्शिता, सदस्यहरूको हकहितको संरक्षण, सेवा प्रवाहमा आधुनिक प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन यातायातको छवि उजागर गर्ने विषयलाई आफ्नो प्राथमिकता रहने स्पष्ट पारे। गोलेले भने, “यी सबै कार्यहरू सम्पन्न गर्न मेरो नेतृत्वलाई विजय दिलाउन हार्दिक अनुरोध गर्दछु।”

    कार्यक्रममा सहभागी सदस्यहरूले उम्मेदवार टोलीप्रति समर्थन जनाउँदै महाधिवेशनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। यससँगै महाधिवेशनको प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.