Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » चुत्रेनी खेलमैदान ‘डिपिआर’ मै सीमित

    चुत्रेनी खेलमैदान ‘डिपिआर’ मै सीमित

    By सूचनापाना१४ भाद्र २०८२, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मै सीमित भएको छ।

    SuchanaPana.com

    खेलमैदान निर्माणका लागि विसं २०७८ मा तयार पारिएको रु चार करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्यान्वयन हुन नसकेको हो। आर्थिक स्रोतको अभावमा डिपिआर तयार पारेको चार वर्षसम्म पनि योजना कार्यान्वयन सुरु गर्न नसकेको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताए।

    ‘११ ए साइडको फुटबल खेल सञ्चालन गर्न सकिने क्षेत्रफलको खेलमैदानमा पूर्वाधार निर्माणका लागि प्रदेश र सङ्घीय सरकारमा योजना प्रस्ताव गरे पनि प्राथमिकतामा परेको छैन,’ उनले भने,’स्थानीय तहसँग पर्याप्त आर्थिक स्रोत छैन। प्रदेश र सङ्घीय सरकारबाट साथ नपाउँदा सुविधायुक्त र व्यवस्थित खेलमैदान बनाउने योजना अघि बढ्न सकेको छैन।’

    गण्डकी प्रदेशमा विसं २०७९ मा सञ्चालन भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि चुत्रेनीमा खेलमैदान बनाउने चर्चा भएको थियो। राष्ट्रिय खेलकुद परिषद् र प्राविधिक टोलीले चुत्रेनी पुगेर खेलमैदानको अवलोकन पनि गरेका थिए।

    म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारदेखि चार किलोमिटर पश्चिमतर्फ म्याग्दी नदीको किनारमा बालजागृति आधारभूत विद्यालय परिसरको खेलमैदानमा प्यारापिट, घेराबार र स्टेजलगायतका पूर्वाधार आवश्यक छ। बेनी नगरपालिकाले हालसम्म करिब रु ४० लाख खर्चेर खेलमैदान सम्माएको, भूमिगत पानी व्यवस्थापन र केही ठाउँमा तारजाली लगाएको वडाध्यक्ष बानियाँले बताए।

    फुटबल, क्रिकेट, भलिबल, बास्केटबलका साथै एथलेटिक्स खेलको अभ्यास र प्रतियोगिता सञ्चालनका लागि चुत्रेनीको मैदानमा पर्याप्त जग्गा भए पनि व्यवस्थित हुन नसकेकोमा मुनसन युवा क्लबका अध्यक्ष दिनेश बानियाँले चिन्ता व्यक्त गरे।

    ‘बेनी नगरपालिकाका क्षेत्रकै ठूलो र पर्याप्त जग्गा भए पनि चुत्रेनीको खेलमैदानमा सरोकारवालाको आँखा पर्न नसक्नु दुःखद् छ,’ उनले भने, ‘चुत्रेनीको खेलमैदानलाई पूर्वाधार तयार पारेर व्यवस्थित गर्नसकेमा खेलकुदसँगै यस क्षेत्रको आर्थिक, सामाजिक क्षेत्रमा योगदान पुग्ने थियो।’

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.