काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टिभीका पत्रकार घाइते भएका छन् ।
जेनजीको प्रदर्शनको दृश्य संकलनक्रममा श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो ।
प्रदर्शनको दृश्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनले जनाएको छ ।
माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड अनियन्त्रित बन्दै नयाँबानेश्वरको संसद भवनभित्रै प्रवेश गरेको थियो । उनीहरुलाई रोक्ने प्रहरीको प्रयास असफल भएको थियो ।
नयाँबानेश्वर क्षेत्रमा अहिले कफ्र्य आदेश जारी गरिएको छ ।
