Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    By सूचनापाना३१ जेष्ठ २०८३, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । गत असोजमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै सडक किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सनले दुख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणधिन सडकबाटै सवारी साधन सुचारु गर्न लागेको हो ।

    SuchanaPana.com

    सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशकाअनुसार, सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सडक अवरुद्ध भइरहेकोले वर्षाअघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको छ । आफूहरूको मुख्य लक्ष्य वर्षायाममा खोलाबाट डाइभर्सन दिएर नभई, स्थायी संरचनामार्फत यातायात सञ्चालन गर्ने रहेको बताए । उनका अनुसार जेठ मसान्तसम्म महत्त्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन् र असारदेखि सवारी साधन मुख्य सडक संरचनाको किनाराबाट गुड्नेछन् ।

    निर्माण व्यवसायीका प्रतिनिधि उत्तम ढुंगेलले रातदिन काम गरेर असार १५ भित्रै सडक सञ्चालन गर्ने लक्ष्य रहेको बताए । उनकाअनुसार बक्सिगुना खण्डको २३० मिटरमध्ये अब ७० मिटर मात्र बाँकी छ । आगामी ४–५ दिनमै त्यसलाई सवारी चलाउन सकिने गरी निर्माण भइरहेको छ । बाढीले तीन पटकसम्म क्षति पुर्‍याए पनि हाल सामग्री र जनशक्तिको अभाव नरहेको उनको भनाइ छ ।

    २०८१ असोज १२ र १३ गतेको बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक खण्डलाई तीन भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । पहिलो खण्डमा भकुण्डेबेँसीदेखि चारसयबेँसी ११।८ किमीको काम चलिरहेको छ । नवकान्तिपुर लामा जेभीले काम गरिरहेको यस खण्डको भौतिक प्रगति ३० प्रतिशतभन्दा बढी छ ।

    दोस्रो खण्ड चारसयबेँसीदेखि डालाबेशी ८।५ कि।मी। हो । यसमा कमलजीत एवान जेभीले काम गरिरहेको छ । यस्तै, तेस्रो खण्ड अन्तर्गत डालाबेँसीदेखि वर्खेखोलासम्म जापानी सहयोग नियोग ९जाइका०ले निर्माण गरिरहेको छ भने वर्खेखोलादेखि नेपालथोकसम्मको ४ किलोमिटर खण्डमा नेपाली निर्माण कम्पनीले काम गरिरहेको छ ।

    पुनर्निर्माणसँगै विपी राजमार्गको यो खण्ड अब ‘इन्टरमिडिएट लेन’ बाट स्तरोन्नति भई पूर्ण दुई लेनको मानक सडक बन्ने भएको छ । डिभिजन प्रमुख योगेशका अनुसार अब सडकको चौडाइ न्युनतम ९ मिटर हुनेछ, जसमा ७ मिटर मुख्य दुई लेन र दुवैतर्फ १–१ मिटरका पक्की सोल्डर रहनेछन् । सुरुवाती डिजाइनमा सानो सवारी चापको अनुमान गरिए पनि अहिलेको आवश्यकतालाई हेरेर सडक विस्तार गर्न लागिएको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.