Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष र उपाध्याय निलम्बनमा, जिससको निर्वाचनमा मतदान गर्न नपाउने

    कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष र उपाध्याय निलम्बनमा, जिससको निर्वाचनमा मतदान गर्न नपाउने

    By admin२९ जेष्ठ २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn


    काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय स्वतः निलम्बनमा परेका छन् ।

    SuchanaPana.com

    आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन अनुरोध गरेको हो ।

    ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पदधारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशनुसार अनुरोध छ’ सो पत्रमा भनिएको छ ।

    उनी निलम्बनमा परे पछि सोमबार हुन लागेको जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाउने छैनन् । आइतबार नै उनलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको थियो ।

    दाबी विरोध र उजुरीको समय सकिएपछि निर्वाचनमा सहभागी नगराउन भन्दै शनिबार निवेदन परेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए । समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा निवेदन दिँदै विशेष अदालतको फरार सूचीमा रहेका उपाध्यक्षलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन माग गरेको हो ।

    नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा विचाराधीन रहेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.