Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: admin
रामेछाप – गोकुलगंगा गाउँपालिकाको हाल सम्म ५५.९४ प्रतिशत मात्र रकम खर्च भएको पालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक अवधिसम्म ५५.९४ प्रतिशत रकममात्र खर्च भएको हो । दोस्रो चौमासिक अवधिसम्मको विकास आयोजना तथा कार्यक्रमको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइमा पालिकाले उक्त कुरा जानकारी गराएको हो ।सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले गाउँपालिकाको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराए ।प्रमुख प्रशासकिय अधिकृत थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन अनुसार गाउँपालिकाले चालु तर्फ रु ३३ करोड ८७ लाख ८० हजार र पुँजीगत तर्फ रु ३१ करोड ४१…
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाएका छन् । गृहमन्त्री लामिछानेले सोमबार बिहान ९ बजे भर्चुअल बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ । बैठकमा देशभरका ७७ वटै जिल्लाका सिडिओका साथै जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दिपक बोहोराले जनाए । बैठकमा आम नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
काठमाडौँ । कञ्चनपुरमा ७ राउण्ड गोली र कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार जिल्लाको बेलौरी नगरपालिका-१ को बैशाखबाट भारतको लखिमपुर खिरी तहसिल मिलौली बस्ने ३२ वर्षीय राजु इद्रिसीलाई ६ राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहले उनलाई नियन्त्रणमा लिएको स्थानमा खोज तलास गर्ने क्रममा थप एक राउण्ड गोलीसहित लोड गरेको कटुवा पेस्तोल बरामद गरिएको जानकारी दिए । नजिकै रहेको उखुबारीमा भारतीय नागरिक २७ वर्षीय मुजिवा बञ्जारा र ४२ वर्षीय यूसुफ अलिलाई पक्राउ गरिएको डिएसपी शाहले बताए । उनीहरूको साथबाट ७ हजार भारतीय…
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसालेले बढेर प्राप्त भएको निगमले जनाएको छ । मट्टितेलको मूल्य भने प्रतिलिटर केही घटेर आएको छ । निगमका अनुसार एलपी ग्याँसमा ३५९.५० प्रति सिलिन्डर घाटा रहेको छ भने १५ दिनको घाटा ४६.४४ करोड रहेको छ । पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना…
सिन्धुपाल्चोक । नेपाल सोतोकान कराते संघ जिल्ला शाखा सिन्धुपाल्चोकको आयोजनामा प्रथम बाग्मति प्रदेश स्तरिय २ दिने सोतोकान कराते प्रतियोगिता जुगल गाउपालिकाको ढाँडेमा सम्पन्न भएको छ । पौष १५ र १६ मा संचालन भएको बागमति प्रदेश स्तरीय प्रतियोगिताको उपाधी चौतारा साँगाचोकगढी नगरलिकाकाे टिमले प्राप्त गरेको छ भने जुगल गाउँपालिका शाखा डोजो दोस्रो र मेलम्ची नगरपालिका तेस्रो हुन सफल भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले खेलाडीहरु प्रथमलाई रु ३० हजार, द्दीतीयलाई २० हजार र तृतीयलाई १० हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र बितरण गरेका हुन् । खेलमा खुल्ला तौल तर्फ रेश्मा रानामगरले स्वर्ण पदक हात पारिन्…
नवराज खड्का । काठमाडौं – महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला न्याय माग्न पुगेकी विनु यादव सर्वाेच्च अदालतकै गेटबाट प्रहरीको नियन्त्रणमा परेकी छन् । पतिबाट आफूमाथि हिंसा भएको र त्यसविरुद्ध न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित मंगलबार उनी सर्वाेच्च अदालत पुगेकी थिइन् । तर, ट्याक्सीबाट ओलिर्नेवित्तिकै सुरक्षाकर्मीको घेरामा परेकी उनले आफू बोकेर गएको रातो रंग सर्वाेच्च अदालतको गेटमा फ्याँकिन् । घोलिइरहेको रातो रंग गेटमा पोखेकी उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राखेको थियो । आफूमाथि भएको हिंसा र न्याय नपाएको विरोधमा रातो रंग फ्याँकेकी उनले प्रहरीको गाडीभित्रबाट कराइन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ?…
काठमाडौं । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग जवाफ मागेको छ । नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ‘ग्राउन्ड ह्यान्डलिङ’को कार्य हिमालय एयरलाइन्सले गरेको हो/होइन भन्ने विषयमा जवाफ दिन आयोगले मन्त्रालयमा पत्र पठाएको हो । आयोगले पठाएको पत्रमा भनिएको छ, “नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउन्ड ह्यान्डलिङको कार्य हिमालय एयरलाइन्सले समेत गर्ने गरी अनुमति प्रदान गर्न लागिएको हो/होइन ? यो पत्र प्राप्त भएको दुई दिनभित्र यथार्थ व्यहोरा खोली जवाफ पठाउन अनुरोध छ ।”
काठमाडौं । भारतले निर्वाचन आयोगलाई ८० सवारीसाधन उपहार दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ भारतले सवारीसाधन उपहार दिएको हो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे । श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन सहयोग गरेको बताए । नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उनले भारत सरकारले दिएको सहयोगले आयोगलाई निर्वाचन उनसम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्राप्त…
बैतडी । चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ। भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा धाउनुपर्छ। मतका लागि नक्सा फेरिए पनि भूगोलको दुःख अहिलेसम्म फेरिन सकेको छैन। २०४७ सालपछि बनेका गाविस र २०७४ सालमा भएको स्थानीय तहको पुनर्संरचनापछि हरेक निर्वाचनमा मत माग्न आउने नेताले मालपोत कर तिर्न बैतडीमै व्यवस्था मिलाइदिने प्रतिबद्धता गरे पनि चुनाव सकिएपछि नेताले वाचा बिर्सने गरेका छन्। बैतडीको तल्लोस्वराड क्षेत्रको हालको मेलौली नगरपालिका–८, (साबिकको विशालपुर गाविसका ३, ४, ५ र ६ नम्बर वडा)का पाँच सयभन्दा बढी घरपरिवारले जग्गाको मालपोत डडेल्धुराको भागेश्वर गाउँपालिका–३…
काठमाडौं । सर्वसाधारणले यस पटकको दसैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दसैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिए । धरहरा वरिपरि पूर्वाधार निर्माणका काम भइरहेका छन् । त्यहाँ गहिरा खाल्डा खनिएका छन् । निर्माण कार्य भइरहेकाले जोखिम हुने हुँदा तत्काल धरहरा खुला गर्न नसकिएको बताउँदै उहाँले धरहरा कहिलेबाट सर्वसाधारणका लागि खुला गरिनेछ, यसै भन्न नसकिने स्पष्ट गरे। धरहरा छेउमा युटिलिटी ब्लक निर्माण भइरहेको छ । ब्लक…