Author: admin

कञ्चनपुर । जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् । बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन् । उनलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो । होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए । ‘अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ’, उनले भने, ‘मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ ।’परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताए ।

Read More

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे। उनले यस्ता घटना अन्य क्षेत्रमा पनि हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएको जनाइएको छ । अर्का सांसद महेश बस्नेतले भक्तपुरको सल्लाघारीमा भएको घटनाका घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले पुराना…

Read More

काठमाडौं । प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद महेश बस्नेतले ‘मल ल्याउन नसकेका मन्त्रीहरूलाई कारबाही हुनुपर्ने बताएका छन । कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं । तर, किसानले मल पाइरहेका छैनन् ।’ ६० प्रतिशत किसान भएको मुलुक नेपालमा मलको अभाव गराउनेलाई कारबाही गर्नैपर्छ-उनले थपे । फोहोरलाई कम्पोस्ट मल बनाउने योजना बनाउन किन सकिरहेका छैनौँ ? भन्ने प्रश्नको जवाफ खोज्न सरकारलाई उहाँको सुझाव छ । यसैगरी एमाले सांसद बस्नेतले अर्थमन्त्री जनार्दन शर्माले कमिसनमा करको दररेट चलाएको गम्भीर आरोप लगाएका छन् । ‘अर्थमन्त्री ज्युले भन्सार करका दररेटलाई राती ल्याएर हेरफेर…

Read More

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्ने लगायत एजेण्डा छ। आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले चुनाव समीक्षालगायत एजेण्डा तय गरेको थियो। एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिका प्रमुख जितेको थियो। जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्न आज सचिवालय बैठक बस्ने भएको हो। साथै एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट आज सचिवालयको बैठकमा पेस गरिने भएको छ। आइतबारको केन्द्रीय कार्यालय बैठकमा एमाले स्थायी कमिटी…

Read More

काठमाण्डौँ । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि निकुञ्जले बन्द गर्न लागेको हो । मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको उनले बताए । निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दै आएको छ । यो सँगै राप्ती नदीमा गरिने डुङ्गा सफारी बन्द गरिएको छ । वर्षातको…

Read More

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय स्वतः निलम्बनमा परेका छन् । आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन अनुरोध गरेको हो । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पदधारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशनुसार अनुरोध छ’ सो पत्रमा भनिएको छ । उनी निलम्बनमा परे पछि सोमबार हुन लागेको जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान…

Read More

काठमाडौँ ।जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा देउवाले १/२ दिनभित्रै र ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने दाबी गरेका छन् । ‘एक साताभित्र नागरिकतासम्बन्धी विधेयक टुङ्गो लगाउँछु। भोलि, पर्सिमै ल्याउँछु। ढिलोमा मात्रै एक साता हो,देउवाको भनाइ उद्धृत गर्दै यादवले भने,यो मेरो आश्वासन होइन, ठोकुवा हो । बिहे गरेर आउने विदेशी महिलाले विगतको जस्तै नागरिकता पाउने प्रावधान रहनेछ। बिहे गरेर आउने विदेशी महिलालाई नागरिकता पाउन ७ वर्ष प्रस्ताव गरिएको भए पनि अब त्यो प्रावधान नरहने यादवले बताए । विगतमा बिहे गरेर आउनसाथ अङ्गीकृत नागरिकता पाउने प्रावधान थियो । संसदमा ५ वर्षदेखि अड्किएको विधेयकका कारण लाखौँ युवा नागरिकताबाट वञ्चित भएको…

Read More

काठमाडौं । पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो सदस्य र बाँकी रहेको केन्द्रीय सदस्य टुंगो लगाउने गरी नेकपा माओवादी केन्द्रमा गृह कार्य सुरु भएको छ । पार्टीको ८ औ महाधिवेशन सकिएको पाँच महिनापछि पार्टीको सम्पूर्ण कमिटी छिनोफानो गर्ने गरी नेताहरू जुटेका हुन् । माओवादी ८ औ महाधिवेशन पुस ११ गतेदेखि ८ दिनसम्म चलेको थियो । आगामी असार १५ गते केन्द्रीय समिति बैठकबाट सम्पूर्ण पार्टी कमिटी र जनवर्गीय सङ्गठनको टुंगो लगाउने गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू गृहकार्यमा जुटेको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । स्थानीय तह चुनाव अघि पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र जनवर्गीय सङ्गठनको कमिटी टुंगो लगाउन…

Read More

काठमाडौं । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि मन्त्री कक्षमै हातपात भएको छ । जसपाका सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् । बिहीबार सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए । जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् ।

Read More

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि उत्पन्न विवाद मिलाउन भोलि वार्ता हुने भएको छ । भोलि हुने वार्तामा सरकारको तर्फबाट शहरी विकास मन्त्री रामकुमारी झाँक्री, नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महत, संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना लगायत फोहोर मैलाबाट प्रभावित स्थानका जनप्रतिनिधिहरु सहभागी हुने जनाईएको छ । यसैगरी, काठमाडौंको फोहोर विसर्जनका लागि बन्चरेडाँडा गएका कन्टेनर आज पनि फिर्ता भएका छन् । स्थानीयले सडकमा छेकबार लगाएपछि कन्टेनर फर्किएका हुन्। हिजो पनि स्थानीयको अवरोधपछि कन्टेनर फोहोरसहित फिर्ता भएका थिए । उपत्यकाको फाहोर करीब २ हप्तादेखि उठ्न सकेको छैन् । फोहोरले शहर नै दुर्गन्धित भएको छ । सोमबार मन्त्रालय, काठमाडौ महानगर…

Read More