Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाउने गृहकार्यमा माओवादी

    पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाउने गृहकार्यमा माओवादी

    By admin२६ जेष्ठ २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो सदस्य र बाँकी रहेको केन्द्रीय सदस्य टुंगो लगाउने गरी नेकपा माओवादी केन्द्रमा गृह कार्य सुरु भएको छ ।

    SuchanaPana.com

    पार्टीको ८ औ महाधिवेशन सकिएको पाँच महिनापछि पार्टीको सम्पूर्ण कमिटी छिनोफानो गर्ने गरी नेताहरू जुटेका हुन् । माओवादी ८ औ महाधिवेशन पुस ११ गतेदेखि ८ दिनसम्म चलेको थियो ।

    आगामी असार १५ गते केन्द्रीय समिति बैठकबाट सम्पूर्ण पार्टी कमिटी र जनवर्गीय सङ्गठनको टुंगो लगाउने गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू गृहकार्यमा जुटेको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।

    स्थानीय तह चुनाव अघि पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र जनवर्गीय सङ्गठनको कमिटी टुंगो लगाउन खोजे पनि थप विवाद हुने भएकाले रोकिएको थियो । अब आगामी प्रदेश र सङ्घको चुनाव अघि नै पदाधिकारीसहित पार्टी कमिटी र जनवर्गीय सङ्गठनका सबै कमिटीले पूर्णता पाउने गरी गृहकार्य थालिएको छ ।

    माओवादीमा पार्टी पदाधिकारी ९ देखि १५ जनासम्म बनाउने गृहकार्य थालिएको छ । अन्य पदमा खासै विवाद नभए पनि महासचिवको बन्नेमा भने चर्को विवाद देखिएको छ । महासचिवका मुख्य दावेदारको रुपमा जनार्दन शर्मा र वर्षमान पुन देखिएका छन् ।

    अरू नेताहरूले महासचिवमा दाबी गरे पनि अन्य पदमा व्यवस्थापन गर्न सक्ने अवस्था भएकोले शान्त देखिएका छन् ।

    यस्तै आगामी केन्द्रीय समिति बैठकमा स्थानीय तह चुनावको विषयमा समीक्षा हुने भएको छ । २०७४ सालको चुनाव र गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावको तुलना गरेर समीक्षा हुने भएको छ । पार्टीबाट रामबहादुर थापासहित नेताहरू एमाले प्रवेश भएको विषयमा समेत पार्टीमा कस्तो असर पर्‍यो भन्ने विषयमा समेत छलफल हुने भएको छ ।

    पार्टीमा अन्तर्घात गर्नेहरूको विषयमा नेताहरूले गृहकार्य थालेका छन् । पार्टीका उम्मेदवारविरुद्ध कुनै नेता उभिएको पाइएमा कारबाही हुने भएको छ ।

    यस्तै मधेस प्रदेशमा माओवादी पाँचौँ दल भएपछि त्यसको नेताहरूले गम्भीर समीक्षा गर्ने भएका छन् । यदि पार्टीकै नेता दोषी देखिएमा कारबाही समेत गर्ने अवस्थामा प्रचण्ड पुगेका छन्। यसअघि स्थगित भएको एमसीसीका विषयमा एजेण्डाको रुपमा राखिने भएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.