काठमाडौं । प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद महेश बस्नेतले ‘मल ल्याउन नसकेका मन्त्रीहरूलाई कारबाही हुनुपर्ने बताएका छन ।
कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं । तर, किसानले मल पाइरहेका छैनन् ।’ ६० प्रतिशत किसान भएको मुलुक नेपालमा मलको अभाव गराउनेलाई कारबाही गर्नैपर्छ-उनले थपे ।
फोहोरलाई कम्पोस्ट मल बनाउने योजना बनाउन किन सकिरहेका छैनौँ ? भन्ने प्रश्नको जवाफ खोज्न सरकारलाई उहाँको सुझाव छ ।
यसैगरी एमाले सांसद बस्नेतले अर्थमन्त्री जनार्दन शर्माले कमिसनमा करको दररेट चलाएको गम्भीर आरोप लगाएका छन् ।
‘अर्थमन्त्री ज्युले भन्सार करका दररेटलाई राती ल्याएर हेरफेर गर्नुभयो भन्ने सुन्यौ । अर्थमन्त्रीले करको दररेट चलाउँदा नियमित कमिसन खाएको सुन्यौ’ उनले भने ।