Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लमजुङमा किटजन्य रोगको जोखिम उच्च

    लमजुङमा किटजन्य रोगको जोखिम उच्च

    By सूचनापाना१९ असार २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    लमजुङ । लमजुङमा किटजन्य रोगहरुको उच्च जोखिम रहेको एक सर्वेक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जिल्लाको तिन पालिकामा एकिकृत रुपमा गरेको सर्वेक्षणबाट कीटजन्य रोगहरु औलो, हात्तिपाइले, इन्सेफ्लाइटिस र डेंगुको उच्च जोखिम रहेको पाइएको छ । 

    SuchanaPana.com

    जिल्लाको राइनास, मध्यनेपाल र सुन्दरवजार नगरपालिकामा गरिएको सर्वेक्षणबाट किटजन्य रोगहरु सार्ने जिवाणुहरु प्रसस्त मात्रा भेटीएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक यम वरालले वताए । 

    एकिकृत भेक्टर सर्भिलेन्सको नतिजा वारे जानकारी दिदै भेक्टर कन्ट्रोल निरिक्षक वरालले कार्यालयले सर्वोक्षण गरेका स्थान तथा क्षेत्रहरु मध्ये राइनासमा औलो र हात्तिपाइले रोग सार्ने लामखुट्टे संख्यात्मक रुपमा सवैभन्दा वढी पाइएको बताए ।  सर्वेक्षणको नजिताले राइनासका सो क्षेत्रमा अन्य रोगको तुलनामा औलो र हात्तिपाइलेको जोखिम उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    मध्यनेपाल नगरपालिकामा भने औलो र कालाजार संंक्रमणको जोखिम उच्च रहेको छ । सर्वेक्षण अनुसार ति रोग सार्ने भुसुनाको बास स्थान र संख्या बढी देखिएकाले नै संक्रमणको जोखिम देखिएको हो । 

    यसैगरी सुन्दरवजार नगरपालिकामा भने कालाजार तथा डेंगु सार्ने जिवाणुहरु अधिक मात्रामा पाइएकोले उक्त रोगको जोखिम रहेको सर्वेक्षण नतिजाले देखाएको छ ।

     सर्वेक्षणका क्रममा सक्रमित लामखुट्टेको टोकाइबाट लाग्ने अन्य रोगहरुको पनि जोखिम देखिएको छ यद्यपि बढी मात्रामा डेंगु, औलो र हात्तिपाइलेको रोग सार्ने लामखुतेका जिवाणू भेटिएकाले व्यक्तिगत तथा वातावरणिय सरसफाई विशेष ध्यान दिनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले वताए। 

    किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सँगै सम्वन्धित स्थानीय तहहरुले कार्यक्रम तथा बजेट व्यवस्था गरि नियन्त्रणका क्रियाकलाप गर्नुपर्ने कार्यालय प्रमुख दवाडीले वताए। रोग सार्ने लामखुट्टेका जिवाणु तथा र्लाभा, भेक्तरहरुको वृद्धिविकास हुने स्थानहरु समेत नष्ट गर्नुपर्ने दवाडीको भनाई छ । 

    स्वास्थ्य कार्यालयले गत असोजमा राइनास नगरपालिका ४, गत बैशाखमा मध्यनेपाल ७ र यहिअसारको पहिलो साता सुन्दरवजार नगरपालिका ६ मा किटजन्य रोगहरु सार्ने लामखुट्टेको सर्वेक्षण गरेको थियो । 

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.