Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » तेल विक्रीमा कोटा तोक्न आयल निगमको प्रस्ताव, आइतबारको बिदा पुनः लागू गर्नुपर्ने

    तेल विक्रीमा कोटा तोक्न आयल निगमको प्रस्ताव, आइतबारको बिदा पुनः लागू गर्नुपर्ने

    By सूचनापाना२१ असार २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था आएको भन्दै प्रधानमन्त्रीको कार्यालय तथा आपूर्ति मन्त्रालयको ध्यानकर्षण गराएको छ ।

    SuchanaPana.com

    सोमबार दुवै निकायलाई पत्राचार गर्दै निगमले तत्काल स्रोतको जोहो नगरिए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने बताइएको छ ।

    निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले लेखेको पत्रमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन नसक्ने वा मूल्य समायोजन पनि हुन नगर्ने हो भने निकट भविष्यमा आपूर्तिमा समस्या हुने बताइएको छ ।

    चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा इण्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि स्मरण गराइएको छ ।

    यस्तै, निगमले पेट्रोलियम पदार्थको खपत कम गर्नका लागि सवारी साधनलाई दिने तेलमा कोटा प्रणाली लागू गर्नेलगायतका उपाय पनि अघि सारेको छ । जस अनुसार दुई पांग्रे सवारी साधनलाई एक पटकमा पाँच लिटर र निजी कार तथा जीपलाई २० लिटर मात्रै दिनुपर्ने प्रस्ताव गरिएको छ ।

    यस्तै, जोर विजोर प्रणाली लागू गर्नुपर्ने तथा शनिबार देशका दश वटा ठूला शहरमा सवारी बन्देज गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ । छोटो दूरीमा सवारी साधन प्रयोगमा निरुत्साहित गर्नुपर्ने, आइतबारको बिदा पुनः लागू गर्नुपर्ने लगायतका प्रस्ताव पनि निगमले अघि सारेको छ ।

    यस्तै, डिजेल र पेट्रोल गाडीको आयात बन्द गर्नुपर्ने, ढुवानीका साधनलाई पूर्ण क्षमतामा चलाउनु पर्ने सुझाव पनि दिइएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.