Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बागमती गाउँपालिकाले निकाल्याे ११ जना कर्मचारी

    बागमती गाउँपालिकाले निकाल्याे ११ जना कर्मचारी

    By सूचनापाना२ श्रावण २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    ललितपुर । ललितपुरको बागमती गाउँपालिकाका ११ जना कर्मचारी निकालिएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले करार अवधि नथप्ने निर्णय गरेसँगै उनीहरूकाे जागिर गएकाे हाे ।

    SuchanaPana.com

    तर उनीहरूको करार नथप्ने निर्णय कार्यपालिकाबाट नभएको पाइएको छ । गाउँपालिका वडाध्यक्ष होमप्रसाद बजगाईले राजनीतिक पूर्वाग्रहका कारण उनीहरूको करार अवधि थप नभएको बताए । उनले भने, ‘हुन त कार्यपालिका बैठकमा उनीहरूको नाम ल्याएर पढिएको हो । कार्यपालिका बैठकमा निर्णय नगरी विषयगत समितिबाट निर्णय गर्ने भनिएको थियो । तर विषयगत समितिलाई जानकारी नआएको गुनासो छ । यो निर्णय अनुमोदन भएको छैन ।’ बजगाईले राजनीतिक पूर्वाग्रहबाट प्रेरित यो निर्णय गाउँपालिका अध्यक्षले बैठकमा पढेर सुनाएको बताए ।

    गाउँपालिकामा ४५ जना करारमा कर्मचारी रहेकोमा ११ जनाको करार थप नभएको हो । करार अवधि थप नहुनेहरूमा विमला कार्की, मदन थापा, विनोद थापा मगर, पूजा शर्मा, रिता दुलाल, पदम मार्फा, युवराज घले, रजनी घिमिरे, सरस्वती घिमिरे, प्रतिक घिमिरे र लक्ष्मण तिमल्सिना छन् । कर्मचारीहरूलाई आइतबार मात्रै करार अवधि नथप्नेबारे जानकारी गराइएको थियो ।

    गाउँपालिकाकाे स्थास्थ्य संस्थामा काम गर्ने कमचारीहरूसमेत निकालिएको छ । हेल्थपोष्ट जस्तो संवेदनशील क्षेत्रमा वर्षाैंदेखि बसेर काम गरेको र राज्यले प्रसूती सेवालगायत देशमा भएको जति दर्जनौं तालिम दिन लगाएर लगानी गरेको कर्मचारीको समेत करार अवधि थप भएन । तालिम लिएका कर्मचारी अभावमा अब यी सबै सेवा हेल्थ पोष्टमा बन्द हुने भएका छन् ।

    गाउँपालिकाको निर्णयबाट उत्तरी मकवानपुरदेखि दक्षिण ललितपुर आश्राङ, गिम्दी, प्युटार र ठूलादुर्लुङलगायत ठाउँबाट उपचार गर्न आउने सेवाग्राही प्रभावित हुने भएका छन् । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले कर्मचारी धेरै भएर करार थप नभएको बताए । उनले भने, ‘कर्मचारी निकालेर अरु भर्ना गर्ने भन्ने हुँदैन ।’ 

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.