Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लमजुङमा ९० प्रतिशतको रोपाइँ सम्पन्न

    लमजुङमा ९० प्रतिशतको रोपाइँ सम्पन्न

    By सूचनापाना९ श्रावण २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    अप्सरा बोहरा,

    SuchanaPana.com

    लमजुङ । यस वर्ष लमजुङमा हालसम्म कुल धान रोपाइँ हुने क्षेत्रफलको ९० प्रतिशतको हाराहारीमा रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मदन रेग्मीका अनुसार साउन ९ सम्ममा लमजुङमा ९० प्रतिशत रोपाइँ सकिएको छ ।

    मनसुन छिटै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यस वर्ष जिल्लामा रोपाइँ चाडै सुरु भएको थियो । गत वर्षको तुलनामा शुरुशुरुमा रोपाइँ बृद्धिदर बढी भएपनि असारको अन्तिम तिर आएर केहि कम भएकोमा फेरि केहि दिन अघि परेको लगातरको वर्षाले रोपाइँ भएको रेग्मीले बताए ।

    गत वर्ष पनि यहि समयमा ९० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको थियो । लमजुङका आठ पालिका मध्ये सबैभन्दा बढी मध्यनेपाल नगरपालिकामा रोपाइँ भएको छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ६१ हजार ८ सय १९ हेक्टर क्षेत्रफल खेती योग्य जमिनमध्ये ४५ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ । चैते धान पनि रोपाइँ हुने जिल्लामा यस वर्ष ७ सय ६० हेक्टरको हाराहारीमा रोपाइँ भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    जिल्लाका ठुला फाँटहरु राइनासटार, धमिलिकुँवा, रामचोकबेसी, भलाखर्क, चक्रतिर्थ, भोर्लेटार, सुन्दरबजार, परेवाडाँडा, सत्रसय, सोतिपसल, करापुटार, कल्याणबेशी लगायत स्थानमा रोपाइँ भएको छ ।

    यहाँ किसानले राम धान ,सुनौलो सुगन्ध, सुक्खा २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ , गोरखनाथ, युएस ३२१ ,मकवानपुर, लगायतको हाइब्रिड जातको धानहरु लगाउँदै आएका छन् ।

    केन्द्रका अनुसार जिल्लामा पछिल्लो समय स्थानीय जातका धानका बिउ भन्दा पनि हाइब्रिड जातका बिउप्रति कृषकहरुको आकर्षण बढ्दो छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.