Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बाढीको त्रासले सयौँ बिघा जमिन बाँझै

    बाढीको त्रासले सयौँ बिघा जमिन बाँझै

    By सूचनापाना२१ श्रावण २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    कैलाली । बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन् ।

    SuchanaPana.com

    बाढीको समस्या झेल्दै आएका भजनीका किसानले चैते धान खेती गर्छन् । बर्सातमा अधिकांशका खेत जलमग्न हुने, तलाउजस्तै भरिने भएकाले पनि धेरैले खेती गर्दैनन् । विगतमा खेती गर्नेले समेत यस वर्ष खेती गर्ने आँट गरेनन् ।

    भजनीका हरिबहादुर चौधरीले गत वर्ष निकै मेहनत गरेर धान खेती गरेका थिए । कात्तिक २ गते आएको बाढीले हरिबहादुरको दुई बिघा काटेर खेतमै थुपारेको धान बाढीमा मिसियो । “गत वर्ष धानको दाना देख्न पाइएन, त्यसैले यस वर्ष दुई बिघा जमिन बाँझो राखेको छु”, हरिबहादुर भन्छन्, “म मात्र होइन मेरा छिमेकीले पनि यस वर्ष धान रोपेनन्, हामीले चैते धान खेतीमात्र ग¥यौँ, विगतमा दुई पटक धान रोप्ने गरिन्थ्यो ।”

    खेती गर्दा बढी खर्च लाग्ने तर उत्पादन पाउने ठेगान नभएको र सरकारले समेत क्षतिपूर्ति थोरै दिने भएकाले खेती नगरेको किसान मानबहादुर साउँद बताउँछन् । भजनीकै बलबहादुर बुढा पनि बाढीका कारण खेती स्याहार्न नमिल्ने भएकाले यहाँका किसानले खेत बाँझै राखेको बताउछन् ।

    भजनी नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरी डुबान क्षेत्रमा खेत बाँझो राख्नुपर्ने बाध्यता रहेको बताउछन् । “यहाँ कति जमिन बाँझो राखिएको भन्ने तथ्याङ्क हामीले राखिसकेका छैनौँ, तर अधिकांशका जमिन बाँझो छन्”, चौधरीले भने, “पानी बढी जम्ने र डुबान हुने जोखिम रहेका जमिनमा धान रोपिएको छैन । विकल्पका रुपमा यहाँका किसानले चैते धान खेती गर्छन् ।”

    चौधरी भजनीमा किसानलाई सघाउने विभिन्न कार्यक्रम भएको बताउँदै खल्ला खेत (पानी बढी हुने) का लागि पालिकाले चैते धानलाई प्रोत्साहन गर्ने गरेको बताउछन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.