Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने

    By सूचनापाना२३ श्रावण २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने भएको छ ।

    SuchanaPana.com

    पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को सञ्चालक समिति बैठकले १ जनवरी २०२३ देखि विमानस्थल सञ्चालन गर्ने मिति तोकेको हो ।

    करिब पाँच महिनापछि विमानस्थल सञ्चालन गर्ने निर्णय गरे पनि जहाज उडान(अवतरणमा जोखिमपूर्ण मानिने रिट्ठेपानी डाँडो कटान र ल्यान्डफिल साइट हटाउने काम भने अझै सुरु भएको छैन ।

    डाँडो कटान र ल्यान्डफिल साइट नहटाउँदासम्म उडान–अवतरण गर्न जोखिमपूर्ण रहेको क्यानकै प्राविधिक टोलीको अध्ययनले देखाएको छ ।

    त्यस्तै, विमानस्थल सञ्चालनमा आउने टुङ्गो भइसक्दा पनि पोखरा महानगरपालिकाले ल्यान्डफिल साइट व्यवस्थापन गर्न सकेको छैन । विमानस्थलछेवैमा ल्यान्डफिल साइट रहेका कारण चराचुरुङ्गी र जनावरहरू आइरहने भएकाले जहाज उडान–अवतरणमा जोखिमपूर्ण हुने देखिन्छ । छिटोभन्दा छिटो सम्पूर्ण कामहरू सकेर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

    वन तथा भू–संरक्षण विभागले रिट्ठेपानी डाँडाका जोखिमजन्य अवस्थामा रहेका रूख तथा पोलहरू हटाउन स्वीकृति दिइसकेको छ । यो विषयमा वन विभाग र क्यानबीच १४ असारमा समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

    रिट्ठेपानी डाँडो कटान गर्न कानुनी बाटो खुले पनि सार्वजनिक खरिद प्रक्रियामार्फत अगाडि बढ्दा समय लाग्ने क्यानका उच्च अधिकारी बताउँछन् । त्यसो त बर्सातको समयमा डाँडो कटान पनि चुनौतीपूर्ण हुन्छ । सोही कारण डाँडो कटानको स्वीकृति पाएको एक महिना बितिसक्दा पनि क्यानले प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सकेको छैन ।

    रिट्ठेपानी डाँडो एउटा चुच्चोबाट ४० मिटर र अर्को चुच्चोबाट साढे १२ मिटर कटान गर्नुपर्ने हुन्छ । डाँडो काटेपछि माटो व्यवस्थापन गर्नुपर्छ । तलपट्टि डाँडोलाई टेवा दिन बलियो पर्खाल बनाउनुपर्छ । सबै प्रक्रिया पूरा गरेर डाँडो कटान र व्यवस्थापन गर्न कम्तीमा पनि सात–आठ महिना लाग्ने क्यानकै उच्च अधिकारी बताउँछन् ।

    अझै विमानस्थलमा नेभिगेसन ९यन्त्र उपकरण जडान०को काम बाँकी नै छ । नियमित उडान सुरु गर्नुपूर्व क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । तर, त्यसका लागि भने डाँडो १४ मिटर मात्र काटे पुग्ने क्यानले जनाएको छ । विमानस्थल निर्माणमा करिब २२ करोड रुपैयाँ लगानी हुनेछ । चिनियाँ सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सुरु भएको विमानस्थल पोखरा क्षेत्रकै आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण ठानिएको छ । क्यानले अङ्ग्रेजी नयाँ वर्षसम्म पोखराको आकाशमा उड्ने साहसिक मनोरञ्जनात्मक खेल प्याराग्लाइडिङ अन्यत्र ठाउँ खोजेर सार्न पनि बताइसकेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.