Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » चालु आर्थिक वर्षको ४५ दिनमा नेपालले लियो १४ अर्ब रुपैयाँ विदेशी सहायता

    चालु आर्थिक वर्षको ४५ दिनमा नेपालले लियो १४ अर्ब रुपैयाँ विदेशी सहायता

    By सूचनापाना१६ भाद्र २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको ४५ दिनमा १४ अर्ब रुपैयाँ विदेशी सहायता लिएको छ ।

    SuchanaPana.com

    यसमध्ये १२ अर्ब ७५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र बाँकी अनुदान रकम छ। अर्थ मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमका लागि स्वीजरल्याण्ड सरकारसँग ९९ करोड १९ लाख बराबरको अनुदान सहायता प्राप्तिको लागि सम्झौता गरेको छ । यस्तै, मानव श्रोत विकास सम्बन्धमा जापान सरकारसँग ३५ करोड रुपैयाँ बराबरको अनुदान सहयता प्राप्तिको लागि सम्झौता गरिएको मन्त्रालयले जानकारी दियो ।

    नेपाल सरकारले विश्व बैंकसँग १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण पनि लिएको छ । नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नेपाल सरकार र विश्व बैंकबीच करिब १२ अर्ब ७५ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

    नेपालमा विदेशी मुद्रा संचिति कम भएर शोधनान्तर अवस्था घाटामा गएपछि नेपालको अर्थतन्त्र नै टाट पल्टिने हो कि भन्ने चिन्ता गरिएको थियो । शोधनान्तर अवस्था घाटामा गएको र विदेशी मुद्रा संचिति कम हुँदै गएपछि सरकारले विभिन्न प्रकारका वस्तु आयातमा रोक लगाएको छ । यस्तै, नेपाल राष्ट्र बैंकले विभिन्न प्रकारका वस्तुको आयातमा शतप्रतिशतसम्म नगद मार्जिन राखेर मात्रै ल्याउन सकिने नीतिगत व्यवस्था गरिसकेको छ ।

    यस्ता सरकारी पहलका कारण विदेशी मुद्राको संचिति बढ्न थालेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार गत असार मसान्तमा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा संचितिले ७.८ महिनाको लागि वस्तु खरिद गर्न पुग्छ । गत पुस मसान्तमा नेपालको बैंकिङ क्षेत्रसँग भएको विदेशी मुद्रा संचितिले जम्मा ७.२ महिनाको लागि मात्रै वस्तु आयात गर्न पुग्ने अवस्था थियो ।

    देशमा भित्रनेभन्दा देशबाट बाहिरिने रकम बढी भएपछि शोधनान्तर अवस्था ऋणात्मक हुँदै गएको हो । गत पुस मसान्तमा नेपालको शोधनान्तर अवस्था २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँ नोक्सानीमा थियो भने असार मसान्तमा यस्तो नोक्सानी बढेर २ खर्ब ५५ अर्ब २६करोड रुपैयाँ घाटामा छ । सरकारलाई प्राप्त हुने विदेशी ऋण र अनुदान बढ्न थालेपछि शोधनान्तर अवस्थामा सुधार हुनेछ भने नेपालमा विदेशी मुद्राको संचिति पनि बढ्नेछ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.