Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » संकटमा चौंरीपालन व्यवसाय: व्यापारीलाई फाइदा, मारमा किसान

    संकटमा चौंरीपालन व्यवसाय: व्यापारीलाई फाइदा, मारमा किसान

    By सम्झना कार्की२२ भाद्र २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । आफ्नो उमेरभन्दा पनि पाको र ठाडो भीरमा अवस्थित चौरीखर्क धाउने वृद्धवृद्धाहरूलाई अचेल खर्कमा रमाइलो कम र अत्यास ज्यादा लाग्न थालेको छ । आफ्ना न्यूनतम आवश्यकता पनि यो पेसाबाट पूर्ति हुन सकेको छैन् । चौरी पाल्नेका छोराछोरी कोही काठमाडौंतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् । बाँकी बालबालिका गाउँमै चौरीगोठ र घर गर्दछन् । 

    SuchanaPana.com

    सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ तेम्बाथानको स्पाबल चौरीखर्कमा भेटिएका नोर्साङ शेर्पा आफूले जति दुःख गरे पनि छोरीछोरीले भने आफ्नो जस्तो जीवन बिताउन नपरोस् भन्ने चाहन्छन् । उनले छोराछोरीलाई काठमाडौंमा पढाउन चौरी पालेर अब सम्भव नभएकाे बताए । उनीसँगै चौरी गोठमा भेटिएकी साङमु शेर्पाको पनि आफ्नो जीवन चौरी र खर्क गर्दै बिते पनि छोराछोरीले भने पढेर केही गरुन् भन्ने चाहना छ । 

    दुर्गम ठाउँ भएकाले पनि सुखसयलको याचना उनीहरूमा छैन । चौरी, खर्क र त्यहीँ वरपरमै उनीहरूको संसार अडिएको छ । किसानको उत्पादन सस्तोमा किनेर महंगोमा बिक्री गर्ने ब्यापारीलाई आर्थिक फाइदा भए पनि चौरी पालक किसान भने मारमा छन् । ऋण गरेर चौरी पालेको तर वर्षौंसम्म पनि आफू ऋणमुक्त हुन नसकेको नालुङ शेर्पा बताउँछन् ।

    कुनै बेला ‘चौरीको राजधानी’ भनेर चिनिने सिन्धुपाल्चोकमा चौंरीपालन संकटमा पर्दै गएको छ । चौरी गोठमा जन्मिएका र हुर्किएका अधिकांश युवा वैदेशिक रोजगारीमा गएपछि यो व्यवसाय संकटमा पर्न थालेको हो । नाै महिनासम्म हिमाली खर्कमा बिताउँदै चौंरीपालन गर्न युवाको आकर्षण नभएपछि यो व्यवसाय संकटमा पर्दै गएको सिन्धुपाल्चोकको तेम्बाथनका किसान पासाङ तेम्बु शेर्पाले बताए । अहिले चौरी पालन पेसा व्यवसायभन्दा पनि बाध्यता बनेकोे  छ । 

    यस भेगका तामाङ र शेर्पा जातिको मुख्य आम्दानीको स्रोत नै यही हो । चौरीको दूधबाट बन्ने चिज, मख्खन, छुर्पीलगायत परिकारको बजारमा अझै माग बढ्दो छ । तर चौरी पाल्नेहरूको संख्या घटेपछि अहिले मागअनुसारको आपूर्ति हुनसकेको छैन । परम्परा धान्ने नाममा होस् या जानेको कामको निरन्तरता पशुपालनभन्दा परको संसार देख्नै बाँकी छ यहाँका स्थानीयले । परम्परागत पेसा धान्दै आएका बुढाबुढीका लागि अहिले यो पेसा बाध्यता बन्न थालेको छ । 

    बिमा कार्यक्रमले चौरी पालक किसान खुसी

    नयाँ पुस्ताको आकर्षण हट्दै गएपछि चौंरीको संरक्षण गर्न हेलम्बु र जुगल गाउँपालिकाले बीमा कार्यक्रम ल्याएका छन् । एउटा चाैंरीकै ८० हजारदेखि एक लाखसम्म मूल्य पर्ने भएकाले बीमाले केही राहत पुगेको किसान नोर्शाङ शेर्पाको भनाइ छ । चौरी पालनमा सरकारले प्रोत्साहनका कार्यक्रम नल्याएको, शिक्षित स्थानीय युवाहरू गाउँ नभएका, अस्पताल अभाव, व्यावसायिक चौरी पालनमा पशुपालकको पनि चासो नहुनुलगायत थुप्रै कारणले अबको केही वर्षमा चौरी पालन जीविकोपार्जनमा मात्र सीमित हुने या हराएरै जाने यहाँका स्थानीय बताउँछन् ।

    सिन्धुपाल्चोकमा एक सय ३१ कृषक चौरी पालनमा आवद्ध छन् । बाह्रबिसे नगरपालिका, भोटेकोसी, जुगल, पाँचपोखरी र हेलम्बु गाउँपालिकामा चौरी पालन हुने गरेको छ । हाल बृद्धबृद्धाले धान्दै आएको परम्परागत पेसाको जगेर्ना गर्न यसमा युवाको आकर्षण बढाउन जरुरी छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.