Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सम्झना कार्की
सिन्धुपाल्चोक । साना-साना डालो, डालोभरि पाकेका राता काफल बोकेर करिब ५ घण्टाको पैदल हिँडेर सदरमुकाम झर्ने गर्छिन् डोल्मा तामाङ । उमेरको गणितले भर्खर ११ वर्ष लाग्दै गरेकी तामाङ वैशाख लागेयता यसरी नै हरेक शनिबार काफल बेच्न सदरमुकाम चौतारा धाउने गर्छिन् । डालोको काफल बेच्दै उनी चौतारा अस्पतालदेखि पुरानो बजारसम्म पुग्ने गर्छिन् । काफल बेचेर आएको पैसालाई उनले सदरमुकाम चौतारामा नै कापी कलम किन्छिन् र खुशी हुँदै घर फर्कन्छिन् । १२ वर्षीय काजी तामाङको शनिबारे बसिवियाँलो पनि डोल्माको जस्तै छ । उनी पनि डोलोभरि काफल बोकेर यसरी नै हरेक शनिबार सदरमुकाम झर्ने गर्छन् र काफल बेचेको पैसाले त्यसरी नै कापी कलम बोकेर माथि…
सिन्धुपाल्चोक । यसपटकको निर्वाचनले मतदाता परिवर्तनको पक्षमा छन् भन्ने संकेत गरेको छ । सिन्धुपाल्चोकका मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अधिकांस युवा र महिलालाई आफ्नो प्रतिनिधि रोजका छन् । जनताको राजनीतिप्रतिको वितृष्णालाई बुझेर युवालाई अघि सारेका दलले चुनाव जिते भने अघिल्लो पटक पनि जित हासिल गरेर फेरि मैदानमा आएकाहरू पराजित हुनुपर्याे । यो निर्वाचनमा युवा र विकासप्रेमी व्यतिक्त जनताको रोजाइमा परेको देखियो । निर्वाचनमा पार्टीहरूले राम्रा उम्मेदवार नदिए जनताले विकल्प खोज्छन् भन्ने सन्देश दिएर होला दलहरूले विकासप्रति सचेत उम्मेदवार नै चुन्न थालेका छन् । २९ वर्षका कृष्णकुमार तामाङ (समिर) सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ ‘ख’प्रदेशसभा सदस्यमा निर्वाचित भए । सोहि क्षेत्रको प्रदेश ‘क’ मा ३९ वर्षका युवराज दुलाल (सरद)…
सिन्धुपाल्चोक । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक गठबन्धनमय बन्यो । क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका माधव सापकोटा सुबोध र क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत प्रतिनिधिसभा सदस्यमा विजयी भए । प्रदेशसभा क्षेत्र १ काे ‘क’ मा नेपाली कांग्रेसकी मसिना खड्का भण्डारी, क्षेत्र नम्बर १ कै ‘ख’ मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल र क्षेत्र न. २ ‘क’ मा माओवादी केन्द्रका युवराज दुलाल र ‘ख’ मा कृष्णकुमार तामाङ प्रदेशमा विजयी भएका छन् । माओवादीका पोलिटव्युरो सदस्य माधव सापकोटा प्रतिनिधिसभा सदस्यमा विजयी भए । सापकोटा १३ वर्षकै उमेरमा २०५१ सालमा अखिल (क्रान्तिकारी)…
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा ५६. २१ प्रतिशत मत खसेकाे छ । आइतबार बिहान सात बजेदेखि सुरु भएको सम्पन्न मतदानमा एक लाख ४६ हजार तीन सय ४९ मत खसेको छ । पुरुष ८० हजार ८ सय ६२ जना ६५ हजार ४ सय ४२ जना महिलाले मतदान गरेका छन् । सिन्धुपाल्चोकमा दुई लाख ६० हजार २ सय ७३ जना मतदाता छन् । सिन्धुपाल्चोकमा दुइ प्रतिनिधि र चार प्रदेश सभा निर्वाचन क्षेत्र छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार सबै मतदान स्थलमा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ । ६ वटा मतदान केन्द्रकाे मतपेटिका मतगणना स्थल आइपुगेकाे छ भने बाकि…
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा क्रियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ , कमल श्रेष्ठ ,मान वहादुर श्रेष्ठ ,पुर्ण प्रसाद श्रेष्ठ र उनिहरुका श्रीमतीसहितले मतदान गरेका हुन् । कालिकादेवि मा.वि मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई भोट दिएका छन् । उनीहरु तिन दिनदेखि आमाको मृत्यको शोकमा क्रिया बसिरहेका छन् । मतदानको अनुभव सुनाउँदै कमल श्रेष्ठले भने ,‘दुखको घडिमा पनि स्पष्ट भिजन मिसन भएको नेतृत्व जिताउँन मतदान गर्न आएको हो । ’ यस्तै चुर्ण प्रसाद श्रेष्ठले आमा वितेको बेला पनि राज्य चलाउन आफ्नो मतको महत्व बुझेर आफु मदतानमा…
सिन्धुपाल्चोक । आफ्नो उमेरभन्दा पनि पाको र ठाडो भीरमा अवस्थित चौरीखर्क धाउने वृद्धवृद्धाहरूलाई अचेल खर्कमा रमाइलो कम र अत्यास ज्यादा लाग्न थालेको छ । आफ्ना न्यूनतम आवश्यकता पनि यो पेसाबाट पूर्ति हुन सकेको छैन् । चौरी पाल्नेका छोराछोरी कोही काठमाडौंतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् । बाँकी बालबालिका गाउँमै चौरीगोठ र घर गर्दछन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ तेम्बाथानको स्पाबल चौरीखर्कमा भेटिएका नोर्साङ शेर्पा आफूले जति दुःख गरे पनि छोरीछोरीले भने आफ्नो जस्तो जीवन बिताउन नपरोस् भन्ने चाहन्छन् । उनले छोराछोरीलाई काठमाडौंमा पढाउन चौरी पालेर अब सम्भव नभएकाे बताए । उनीसँगै चौरी गोठमा भेटिएकी साङमु शेर्पाको…
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा पर्ने गाउँ हुन तेम्बाथान, तेगा र दिपु । धेरैलाई लाग्न सक्छ, यी गाउँ विकसित छन् । तर त्यसो होइन, यहाँका ती गाउँ विकट छन् । यहाँका बासिन्दालाई सरकारी सेवा सुविधामा सहज पहुँच त छैन नै, उनीहरूलाई स्वास्थ्य एवं शिक्षा पाउन पनि कठिन छ । त्यति मात्र हो र, सडक र बिजुली नै छैन ।तेम्बाथानबाट दुई दिन हिँडेर जुगलकै कात्तिके सम्म आई दैनिक उपभोग्य वस्तु किन्ने गर्दछन् । सडक नहुँदा हिँडेरै आउजाउ, ठाउँठाउँमा खोला, भिरको बाटो, भारी बोकेर कष्टपूर्ण पैदल यात्रा गर्छन् । बर्खाको बेला आवतजावत गर्न झमेला हुन्छ । गाउँले मिलेर गोरेटो बाटो बनाउने…
प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिन्धुपाल्चोकको स्याबल पोखरी, पुग्नेहरु भन्छन्- मागेको बरदान पाएका छौं
सिन्धुपाल्चोक । सुन्दरता कस्लाई मन नपर्ला र ! सुन्दर तस्बिर हेर्ने मन सबैको हुन्छ । सुन्दरताले मनमा अनेकौं थरिका रंग भर्छ । सुन्दरताले नै दुःख पीडा भुलाउँछ । मन शान्त र सुमधुर बनाउँछ । हिमालको काखमा रहेका यस्तै कतिपय ताल, पोखरी र प्राकृतिक सुन्दरताले पर्यटकहरुलाई मोहित बनाउछ । पर्यटकहरुले भ्रमणको बेला विभिन्न जातजातिका, धर्म, संस्कृति र जीवनशैलीको अध्यन गर्न सक्दछन । अर्को तर्फ यात्रामा विविधतापूर्ण मौसम, प्राकृतिक खोल्सामा कलकल गर्दै बग्दै गरेको पानी, पहाडबाट खसेको झरना र हिमालको अवलोकन गर्न समेत सक्दछन । जसमा छन् एक पटक पुग्नै पर्ने सुन्दर पर्यटकिय धार्मिकस्थल सिन्धुपाल्चोक जिल्लाको जुुगल गाउँपालिका वडा न.३ मा अवस्थित…