Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिन्धुपाल्चोकको स्याबल पोखरी, पुग्नेहरु भन्छन्- मागेको बरदान पाएका छौं

    प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिन्धुपाल्चोकको स्याबल पोखरी, पुग्नेहरु भन्छन्- मागेको बरदान पाएका छौं

    By सम्झना कार्की३० श्रावण २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । सुन्दरता कस्लाई मन नपर्ला र ! सुन्दर तस्बिर हेर्ने मन सबैको हुन्छ । सुन्दरताले मनमा अनेकौं थरिका रंग भर्छ । सुन्दरताले नै दुःख पीडा भुलाउँछ । मन शान्त र सुमधुर बनाउँछ । हिमालको काखमा रहेका यस्तै कतिपय ताल, पोखरी र प्राकृतिक सुन्दरताले पर्यटकहरुलाई मोहित बनाउछ ।

    SuchanaPana.com

    पर्यटकहरुले भ्रमणको बेला विभिन्न जातजातिका, धर्म, संस्कृति र जीवनशैलीको अध्यन गर्न सक्दछन । अर्को तर्फ यात्रामा विविधतापूर्ण मौसम, प्राकृतिक खोल्सामा कलकल गर्दै बग्दै गरेको पानी, पहाडबाट खसेको झरना र हिमालको अवलोकन गर्न समेत सक्दछन ।

    जसमा छन् एक पटक पुग्नै पर्ने सुन्दर पर्यटकिय धार्मिकस्थल सिन्धुपाल्चोक जिल्लाको जुुगल गाउँपालिका वडा न.३ मा अवस्थित ऐतिहासिक तथा पर्यटकीय स्थल स्याबल , सत्य , न्याखर्क पोखरी ।

    न्याखर्क पोखरी

    समुद्री सतहबाट ४२०० मिटर उचाइमा अवस्थित स्याबल पोखरी , ४३६५ मिटर उचाईमा सत्य पोखरी (बौलाह) , ४३६७ मिटर उचाईमा न्याखर्क पोखरी पवित्र धार्मिक तीर्थस्थलका रुपमा परिचित छन् । विशेष गरि यो स्याबल प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक पोखरी हो । स्याबल पोखरीको लगभग लम्बाई ५०० मिटर र चौडाई ३०० मिटर रहेको छ भने यसको आकार अण्डाको छ ।

    स्याबल पोखरी

    लामा गुरु निमा शेर्पाका अनुसार खर्कमा चर्न गएको चौरीहरु एकाएक हराउन थाले । एक दिन गोठालो चौरी खोज्दै जादा स्याबल पोखरीको डिलको सिलामा दुध आफै दिएको देखे । त्यसपछि यहाँ साक्षत महादेव बस्ने थाहा पाए । पछि स्थानियले पुजा गर्दै बरदान माग्न थाले । आँखा चिम्लेर बरदान माग्दा चौरीको भुत्ला हाँतमा परेकाहरुको चौरीको गोठ बड्न थाल्यो र आम्दानी वढ्यो ।१३ पुस्तादेखि तेम्बाथान , दिपु, तेगाका स्थानिय जनै पुर्णिमाका दिन झाक्री सहित पुजा गर्न र वरदान माग्न स्याबल पोखरी पुग्ने गरेका छन् । धन माग्नेले धन, सन्तान माग्नेले सन्तान पाएको भन्दै स्याबल पोखरी महादेव प्रति स्थानियको विश्वास बलियो छ ।

    यो ठाउँ राजधानी काठमाण्डौको सबैभन्दा नजिक रहेको जुगल हिमालको काखमा अवस्थित छ । धार्मिक तथा सांस्कृतिक महत्व प्राकृतिक र धार्मिक महत्व बोकेको यस स्याबल पोखरीमा प्रत्येक बर्षको जनै पूर्णिमामा मेला लाग्ने गर्दछ । स्थानिय जनै पूर्णिमाको दुई दिन अगाडि विधि विधानका साँथ तेम्बाथानबाट झाक्री सहित जात्राको लागि प्रस्थान गर्छन् । लगभग ५ घण्टाको ठाडो उकालो चड्दै सुपखर्कको चौरी गोठमा पुग्छन् । त्यहा रातभर नाचगान रमाईलो गरेपछि भोलिपल्ट लगभग ५ घण्टाको उकालो पछि स्याबल खर्कको गोठमा बास बस्न पुग्छन् ।

    भोलीपल्ट एक दिन झाक्रीहरु थकाई मार्छन् भने स्थानिय जात्राको ब्यवस्थापनमा जुट्छन् ।पोखरी जादा फोहोर नगर्ने, जाड रक्सी र सुर्ति नखाई प्रवेश गर्नेमा स्थानिय एकमत हुन्छन् । जात्रामा नया ब्यक्तीको पहिलो तिर्थ यात्रा हुदै छ भने ३ स्थानको देउराली मानेमा स्याल्गर थाप्नुपर्छ । यसरी जात्रामा स्याल्गर लिएर गएमा यात्रा सजिलो हुने र मागेको बरदान पाउने विश्वास र दावि स्थानियको छ ।

    पूर्णिमाको दिन र रातभरि पनि धामी–झाँक्रीको झाँकी हेर्न पाइन्छ । स्थानीय शेर्पा भेषभुषा र आफ्नै भाषामा उनीहरुले झाँक्री नाच प्रदर्शन गर्ने गर्छन् । स्याबलमा स्याबल पोखरी महादेबको मन्दिर छ । मन्दिरमा फलफुल , चौरीको दुध, सुनपाती फुल लिएर भक्तजनहरु चढाउन जान्छन् ।

    ऐतिहासिक तथा पौराणिक मान्यताहरु
    जुगल गाउँपालिका वडा ३ मा रहेको स्याबल पोखरी महादेवको मन्दिरमा आई पूजा गरेमा धन ,सुख, शान्ति र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल स्थानिय माझ ज्यादै लोकप्रिय रहेको छ ।
    महादेवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा भएकाले पनि यो तीर्थस्थल ज्यादै लोकप्रिय हुन पुगेको रहेछ । यहाँ रहेको महादेवको मन्दिरलाई मनोकांक्षा पूरा गर्ने मन्दिरको रुपमा लिइन्छ ।

    प्राकृतिक सुन्दरताको अनुपम उपहार मानिने स्याबल विशेषगरी सडक पूर्वाधारको अभावको कारण खासै चर्चामा आउन सकेको छैन् । स्थानिय भन्छन्, “मागेको बरदान धमाधम पुराभएपछि हाम्रा पुर्खा हरुले आफुहरु मात्र पुग्नुपर्छ , बाहिर यो कुरा भन्नुहुन्न भनेर लुकाएका कारण चर्चामा नआएको हो । ” स्थानिय युवाहरु अब भने धार्मिक र पर्यटकिय सम्भावना बोकेको क्षेत्रलाई प्रचारमा ल्याउनुपर्छ भन्नेमा लागेका छन् । पवित्र धार्मिक स्थल र मनोरम उच्च हिमाली दृश्यको अवलोकन गर्न चाहनेको लागिका लागी नयाँ गन्तव्य भएकोले स्याबल पोखरी नया गन्तब्य बन्दै छ ।

    प्राकृतिक सौन्दर्य
    सबै सुन्दरता भएर पनि अझै अपूर्ण छ जुगल गाउँपालिका वडा ३ का तेम्बाथान , दिपु , तेगा । यहाँ स्याबल पोखरी , सत्य (बौलाह)पोखरी , न्याखर्क पोखरी अहिले पनि पर्यटकको नजरमा भने पुग्न सकेका छैनन् । तर पैदलयात्रा नै रुचाउने व्यक्तिहरुका माझ यि पोखरीहरुले अहिले बिस्तारै चर्चा कमाउन थालेका छन् ।

    जुगल गाउँपालिकाको तेम्बाथान , दिपु , तेगा भौगोलिक हिसाबले विकट छ । तर यहाँको सुन्दरता र स्वस्थ वातावरणले सबै पिडा, दुःखलाई बिर्साउँछ । वरिपरि पहाडै पहाडले ढाकेको छ । यहाँका गाउँ हेर्दा कुनै सहरभन्दा कम छैन । पानी पर्दा होस् घाम पर्दा । यस ठाउँको मान्म आफैमा फरक छ ।

    चिसो हावा, पहाड र हिमालको काख, हरियाली वातावरण भएको स्याबल पोखरी अत्यन्तै सुन्दर छ । प्रकृति र धार्मिक आस्थाको यो सुन्दर संगम आकर्षक स्थान हो । स्याबल पोखरी रहेको स्थलबाट करिव १ घण्टाको उकालो पश्चात त्यो क्षेत्रको ४७०० मिटरको अग्लो डाँडामा पुगिन्छ । सो डाँडाबाट जुगल हिमालको मनोरम दृश्यलाई आँखामा टासिने गरी देख्न सकिन्छ । अनेक दृश्यानुभूतिले स्याबल पुग्ने यात्रुहरूलाई मन्त्र मुग्ध बनाउँछ ।

    यो क्षेत्र आर्थिक स्रोतका लागि , कृषि अर्गानिक सुनपाती, धुपी, निगालो, थरीथरीका गुराँस, सल्ला लगायतका दुर्लभ वनस्पति यार्सागुम्बा र बहुमूल्य जडिबुटीको पकेट क्षेत्र रहेको छ । यस वरपरको भू–भाग आलुखेतीका लागि पनि प्रख्यात छ ।

    पर्यटकीय सम्भावना
    जुगल गाउँपालिकाको यो क्षेत्र पर्यटनको सम्भावना बोकेको नया गन्तब्य हो । यहाको प्राकृतिक सौन्दर्य तथा धार्मिक तथा सांस्कृतिक पक्षले गर्दा यहाँ पर्यटकीय सम्भावना राम्रो छ । स्याबल पोखरी स्वच्छ पानीमा नीलो आकाशको छायाँका कारण गाढा नीलो देखिन्छ । सुन्दर प्राकृतिक चौर , भञ्ज्याङ, त कहिले भीर देखिने अग्ला पहाडहरु, चरिरहेका चौरीहरुले वातावरण निकै रोचक लाग्छ ।

    परम्परादेखिनै व्यवसायका लागि पालिँदै आएका चौरी यस क्षेत्रको एउटा पहिचान पनि हो । लेकाली शितल हावापानी तथा सुन्दर घाँसे मैदानमा चरिरहेका चौरीहरुले यहाँ पुगेका पर्यटकको ध्यान अन्त जानै दिदैन् । आँखामा देखिने निलो दह हेरिरहुँजस्तो, वरीपरि घुमिरहुँ जस्तो लाग्छ । जति फोटो लिए पनि थाकिदैन् । यात्राको थकान बिर्सिएर स्याबल , सत्य (बौलाह ), सर्प आकारको न्याखर्क ९लामो० पोखरीमा रमाउँदा साँच्चै धर्तीमै स्वर्ग भेटिन्छ ।

    कसरी पुग्ने ?
    पहिलो दिन सदरमुकाम चौतारा बाट बलेफि जलबिरे , जुगलकै कार्तिके , पाङगारपु सम्म गाडिमा जान सकिन्छ । काठमाडौंबाट जानेहरु पनि पाङगारपु सम्म बस वा अन्य सवारी साधनका माध्यमले जान सक्छन् ।
    पाङगारपु पुगेपछि पैदल यात्रा गरेर दोस्रो दिन बोल्दे , गुम्बा , ल्हाक्याप भीर, नेसम खोला हुदै तेम्बाथान पुगेर बास बस्न सकिन्छ । गुम्बाबाट थारै अगाडि लागेपछि ल्हाक्याप भीरमा जंगलको बाटो सानो बाटो भएकाले केही असहज हुनसक्छ ।
    तेम्बाथान सम्म बाटो र खानपिनका लागि गाउँमा राम्रै व्यवस्था छ । तर, तेस्रो दिन तेम्बाथानदेखि अगाडि जान पनि जंगलकै बाटो पर्ने भएकाले केही असहज महसुस पर्न सक्छ । ठाउँ ठाउँमा गोठ तथा छाप्राहरु भेटिन्छन् । तेम्बाथानबाट सुपखर्क ,देउराली हुँदै यी पोखरीमा पुग्न सकिन्छ ।

    यहाँ स्याबल पोखरी मात्रै नभएर स्याबल पोखरीबाट १ घण्टा पैदल यात्रा पश्चात ४६०० मिटर उचाईमा रहेको रहस्यमय सत्य (बौलाह)पोखरी ,न्याखर्क (लामो)पोखरी पुग्न सकिन्छ । न्याखर्क ,सत्य पोखरीमा पनि मनोकांक्षा पूरा हुने स्थानीय बताउँछन् ।

    अद्रभुत रहस्य बोकेको सत्य पोखरी
    ४२०० मिटरको हाईटमा रहेको स्याबल पोखरी पुगेपछि एक घण्टाको उकालो र ओरालो गर्दै अद्रभुत रहस्य बोकेको सत्य पोखरी पुग्न सकिन्छ । स्थानियले यो पोखरीलाई बौलाहा पोखरी समेत भन्छन् । मान्छेको आवाज सुन्नासाथ विचबाट पानीको फोका उम्लन थाल्ने र अचानक हुस्सु र कुहिरोले छोप्ने भएकाले यसलाई स्थानियले बौलाहा पोखरी भन्ने गरेका हुन् ।

    सत्य पोखरी

    पहिलो पटक यो पोखरी अवलोकनमा जानुभएका पर्यटक सुजन खत्री यसलाई बौलाहा नभएर सत्य पोखरी भन्नुपर्ने तर्क गर्नुहुन्छ । मान्छेको बोली पर्नासाथ पोखरीको पानी उम्लनु र अचानक केहि सेकेण्डमा हुस्सुले ढाक्नु अनि मान्छेको चहलपहल कम हुनासाथ सामान्य अवस्थामा देखिनु आफैमा अद्भुत रहेको उहाँको बुझाई छ । अर्का पर्यटक अवि लामा आफुलाई यो पोखरी अवलोकन गरेपछि पहिलोपटक दैवि शक्तीमाथी विश्वास लागेको बताउँनुहुन्छ ।

    विगतमा एक गोठालोले गोरुलाई ढुङ्गाले हिकाउदा सिंङबाट रगत झरेको र गोरु र गोठालो त्यहि मरेका थिए । अर्को पटक पोखरी आसपास चरीरहेको एउटा भेडाँलाई कुकुरले टोक्दा रगत बगेको र भेडा र कुकुर पनि मरेको स्थानियको कथन छ । यस्तै एक पटक एक गोठालाले भेडा काटेर सो पोखरीमा सफा गर्दा पोखरी सुकेको र व्यत्तिपनि मरेको स्थानिय बताउँछन् । जुठो , फोहोर र रगतका छिटा पर्दा पोखरी क्षेत्रमा यस्ता घटना भएपछि यसलाई स्थानियले बौलाहा पोखरी भनेका हुन् । यस्ता घटना आफ्ना पुर्खाबाट सुनेका स्थानिय अहिले पनि पोखरी छेउछाउ यात्रा गर्न डराउछन् ।

    यात्रा गर्नै परे नबोलीकन चुपचाप हिड्ने गर्छन् । तर साक्षत् भगवानको बास भएकाले यँहा बास गर्ने देवताले जुठो ,फोहोर र रगतका छिटा पर्दा नसहेर यस्ता घटना भएका धर्ममा आस्था राख्नेहरु बताउछन् । अहिलेको कलि युगमा पनि पोखरीले देखाउन चमत्कारले अझै सत्यको र देवताको अस्तीत्व छ भन्ने कुरामा विश्वास गर्न बाध्य बनेको भिमसेन कार्कीको बुझाई छ । जुगल ३ का अध्यक्ष लक्ष्मण दोङ सबैको समन्वयमा पोखरीमा देखिने रहस्यबारे आफुहरु अध्यन गर्न तत्पर रहेको बताउनुहुन्छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.