Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा निर्वाचित सापकोटा र बस्नेत को हुन् ?

    सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा निर्वाचित सापकोटा र बस्नेत को हुन् ?

    By सम्झना कार्की९ मंसिर २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक गठबन्धनमय बन्यो । क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका माधव सापकोटा सुबोध र क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत प्रतिनिधिसभा सदस्यमा विजयी भए । प्रदेशसभा क्षेत्र १ काे ‘क’ मा नेपाली कांग्रेसकी मसिना खड्का भण्डारी, क्षेत्र नम्बर १ कै ‘ख’ मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल र क्षेत्र न. २ ‘क’ मा माओवादी केन्द्रका युवराज दुलाल र ‘ख’ मा कृष्णकुमार तामाङ प्रदेशमा विजयी भएका छन् ।

    SuchanaPana.com

    माओवादीका पोलिटव्युरो सदस्य माधव सापकोटा प्रतिनिधिसभा सदस्यमा विजयी भए । सापकोटा १३ वर्षकै उमेरमा २०५१ सालमा अखिल (क्रान्तिकारी) बाल इकाइ समितिमा संगठित भएका थिए । २०५३ सालमा विद्यालय इकाइ समिति अध्यक्ष भए । २०५४ सालमा क्षेत्रीय समिति सदस्य हुँदै २०५५ सालमा जिल्ला समिति सदस्य, २०५६ साल साउनदेखि जिल्ला उपाध्यक्ष भए । २०५६ पुसदेखि २०५८ सम्म अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समिति अध्यक्षको भूमिकामा रहे ।

    २०५७ सालमा तत्कालीन पूर्वी पहाड क्षेत्रीय समन्वय समिति संयोजक रहेका सापकोटा २०५८ असोजमा संगठनको केन्द्रीय समिति सदस्य बनेका थिए । २०५५ सालमा सेल सेक्रेटरी र पूर्णकालीन कार्यकताको रूपमा सक्रिय उनी २०५६ माघदेखि पूर्णरूपमा भूमिगत भएर माओवादी आन्दोलनमा सक्रिय भूमिकामा रहे । २०७१ असार ११ गते सिन्धुपाल्चोक जिल्ला पार्टी अध्यक्ष भएका सापकोटा २०७३ सालमा पार्टी केन्द्रीय समिति सदस्य भए । २०७९ वैशाखदेखि सिन्धुपाल्चोक जिल्ला पार्टी इञ्चार्ज र २०७९ असारदेखि पार्टी पोलिटब्युरो सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इञ्चार्जको रूपमा कार्यरत छन् । निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका प्रदान गरेपछि पार्टीले उनलाई उम्मेदवार बनाएको थियो ।

    पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक २ मा पहिलोपटक नेपाली कांग्रेसलाई विजयी गराउने व्यक्ति भएका छन् । उनले सिन्धुपाल्चोक कांग्रेसमा नयाँ इतिहास नै रचे । विसं २०५६ को आमनिर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बस्नेतलाई यसपटक गठबन्धनका कारण पार्टीले २ नम्बर क्षेत्रबाट टिकट दिएयो । यो क्षेत्रमा उनी भारी मतले विजयी भए । बस्नेत विसं २०३४ देखि राजनीतिमा सक्रिय छन् ।

    बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । विसं २०५६ को निर्वाचनपछि स्वास्थ्य राज्यमन्त्रीका रूपमा काम गर्दा जिल्लालगायत देशभर स्वास्थ्य पूर्वाधार निर्माणमा उनले महत्वपूर्ण काम गरेका छन् । विसं २०७० को दोस्रो संविधानसभामा निर्वाचित भएपछि २०७४ को निर्वाचन गराउने चुनावी सरकारकालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कार्यभार सम्हालेका थिए । लामो समय संसद्को सार्वजनिक लेखा समिति र राजनैतिक तथा संवैधानिक संवाद समितिमा पनि बसेर काम गरेका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.