Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सिन्धुपाल्चोक निर्वाचन परिणाम : परिवर्तनको पक्षमा मतदाता, रोजे युवा उम्मेदवार

    सिन्धुपाल्चोक निर्वाचन परिणाम : परिवर्तनको पक्षमा मतदाता, रोजे युवा उम्मेदवार

    By सम्झना कार्की१० मंसिर २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । यसपटकको निर्वाचनले मतदाता परिवर्तनको पक्षमा छन् भन्ने संकेत गरेको छ । सिन्धुपाल्चोकका मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अधिकांस युवा र महिलालाई  आफ्नो प्रतिनिधि रोजका छन् ।

    SuchanaPana.com

    जनताको राजनीतिप्रतिको वितृष्णालाई बुझेर युवालाई अघि सारेका दलले चुनाव जिते भने अघिल्लो पटक पनि जित हासिल गरेर फेरि मैदानमा आएकाहरू पराजित हुनुपर्याे । यो निर्वाचनमा युवा र विकासप्रेमी व्यतिक्त जनताको रोजाइमा परेको देखियो । निर्वाचनमा पार्टीहरूले राम्रा उम्मेदवार नदिए जनताले विकल्प खोज्छन् भन्ने सन्देश दिएर होला दलहरूले विकासप्रति सचेत उम्मेदवार नै चुन्न थालेका छन् । 

    २९ वर्षका कृष्णकुमार तामाङ (समिर) सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ ‘ख’प्रदेशसभा सदस्यमा निर्वाचित भए । सोहि क्षेत्रको प्रदेश ‘क’ मा ३९ वर्षका युवराज दुलाल (सरद) यो पटक मतदाताको रोजाइमा परेका छन् । यस्तै, ४० वर्षका माधव सापकोटा (सुबोध) जिल्लाको प्रतिनिधिसभा १ मा जनताको रोजाइमा परे । सो क्षेत्रको प्रदेश ‘ख’मा उनकै जनयुद्धका सहकर्मी  ४१ वर्षका सरल सहयात्री(पौडेल) र प्रदेश ‘क’  बाट कांग्रेसकी महिला नेतृ मसिना खड्का (भण्डारी)विजयी भए । मतदाताको रोजाइमा परेका युवा उम्ममेदवार चुनाव जितेपछि खुशी मात्रै छैनन्, जिम्मेवारी र चुनौती थपिएको बताउँछन् । 

    सिन्धुपाल्चोकको प्रतिनिधिसभा २ मा मोहनबहादुर बस्नेतले यसअघि पटक पटक यहि क्षेत्रबाट चुनाव जित्दै आएका एमालेका शेरबहादुर तामाङलाई ११ हजार आठ सय ७४ मतले पछि पारे । पटकपटक चुनाव जितेर सभामुख समेत बनिसकेका अग्नीप्रसाद सापकोटाले आफ्नो पक्षमा माहोल सकारात्मक नदेखेपछि मैदान युवाका लागि खुल्ला गरेका थिए ।

    यता एमालेभित्र नयाँ अनुहारलाई मैदान खाली गर्न निरन्तर दबाब परे पनि केन्द्रको पहुँचमा टिकट ल्याएका शेरबहादुर तामाङले सोचेजस्तो मत पाउन सकेनन् । मन्त्री हुँदा विकास निर्माणमा कम्जाेर देखिएकाले विगतको भूमिकालाई समीक्षा भन्दा पनि गठबन्धनकै मतलाई तामाङको कारण बनाइरहेको देखिन्छ ।  

    मतदाताले नयाँ अनुहार खोज्दा पटक पटक निर्वाचित नेता पराजित हुन पुगे । पुराना सांसदले अप्ठ्यारो निरास बनाएको सिन्धुपाल्चोकका नागरिक बताउँछन् । अहिलेको मत परिणामले प्रभावकारी कार्यसम्पादन गर्न नसकेका जनप्रतिनिधिलाई जनताले स्वीकार्दैनन् भन्ने देखाएको विश्लेषकहरू बताउँछन् ।

    समृद्धिको कुरा गरिरहे पनि अबको युवा नेतृत्वबाट त्यसको परिणाम आउने विश्वास रहेको जिल्लाका युवा मतदाता सागर परियारले बताए । युवा नेतृत्वबाट मतदाताले पनि सकारात्मक परिवर्तनको अपेक्षा गरेका छन् ।

    यसपालिको चुनावमा सिन्धुपाल्चोकमा ५६ प्रतिशत मात्रै मत खस्यो । तर, निर्वाचित जनप्रतिधिनिबाट यसअघिका सांसदले भन्दा प्रभावकारी काम हुने अपेक्षा मतदातामा छ । जनताले एजेन्डा र समस्या उठाउने पूरा गर्ने खालका उम्मेदवार रुचाएका छन् । राज्यको सेवा सुविधालाई आफूसम्म पुर्‍याउन सक्ने, रोजगारी सृजना गर्ने र अत्यावश्यक विकासका पूर्वाधारलाई नेतृत्व गरेर ल्याउन सक्ने उम्मेदवार भन्दै सिन्धुपाल्चोकमा मतदाताको रोजाइमा परेका छन् । 

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.