निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतको म्यूजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ ।
सिमरामा आयोजित एक कार्यक्रमकाबीच गायक भट्टराईको अफिसियल युट्यूब च्यानलबाट सो भिडियो सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार विकास पाण्डेको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोमा युवराज केसरी र रितु चौधरीले अभिनय गरेका छन् । बाराको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा निर्देशन, छायांकन र सम्पादन विकास गुरुङले गरेका हुन् ।
सिमरास्थित बिएस मेकरका संचालक गुरुङले छायांकन, निर्देशन र सम्पादन गरेको यो पहिलो गीत हो । गीतको एरेन्ज अभि अमृत ल्वागन र एडिस्नल एरेन्जमेन्ट मुम्बइमा कार्यरत एनएस आर्याले गरेका हुन् । भिडियोमा अटो चालक र एक युवतीबीचको प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

