Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कर्णालीका मुख्यमन्त्रीलाई राउटे बालकको प्रश्न- अन्य बालबालिका जस्तै हामी किन पढ्न पाउँदैनौँ ?

    कर्णालीका मुख्यमन्त्रीलाई राउटे बालकको प्रश्न- अन्य बालबालिका जस्तै हामी किन पढ्न पाउँदैनौँ ?

    By सूचनापाना२८ भाद्र २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सुर्खेत ।  कर्णाली र सुदुरपश्चिम आसपासका जंगलहरूमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय समयको चक्रसँगै परिर्वतन हुँदै आएका छन् । अन्य समुदायको नजिक नै पर्न नरुचाउने याे समुदाय अहिले आफ्ना समस्याबारे सरकारसँग प्रश्न गर्न थालेका छन् । 

    SuchanaPana.com

    यही क्रममा राउटे समुदायका बालबालिकाले बालअधिकारको हतहितको लागि कर्णालीका मुख्यमन्त्रीलाई प्रश्न गरेका छन् । लोपोन्मुख राउटे समुदायका एक बालकले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग फोनमार्फत आफ्ना हकहितसम्बन्धी मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए ।

    दैलेखको भगवतीमाइ गाउँपालिकाबाट फोनमार्फत राउटे बालक सुविन शाहीले अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ  ?,’  सरकारले हाम्रा लागि पनि योजना किन ल्याउँदैन ?, ’ भन्दै जवाफ मागे । 

    शाहीको प्रश्नमा मुख्यमन्त्री शाहीले राउटे बालबालिका पढ्न चाहेको खण्डमा आफूहरू विद्यालयसमेत खोलिदिन तयार रहेको बताए । ‘राउटे समुदायका बालबालिका पढ्न नै चाहँदैनन्,’ उनले भने, ‘तपाईहरू पढ्न तयार भएको खण्डमा हामी घर पनि बनाईदिन तयार छौँ तर मान्नुहुन्न ।’

    मुख्यमन्त्री शाहीकै गृहजिल्ला हुम्लाका एक बालकले आफ्नो विद्यालयमा पुस्तक नपुग्दा पढ्न असहज भएको बताए । जवाफमा मुख्यमन्त्री शाहीले केही जिल्लामा पुस्तक उपलब्ध गराउन नसकेको स्वीकार गर्दै चाँडै नै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाए । 

    कार्यक्रममा सुर्खेतका सारिका प्रधान र दर्पण शाहीले निजी र सरकारी विद्यालयबीच सरकारले किन विभेद गरिरहेको भन्दै प्रश्न गरेका छन् । उनीहरूको प्रश्नमा मुख्यमन्त्री शाहीले निजी विद्यालयले निजीस्तरबाट विभिन्न सुविधासहित नाफामूलक ढंगले खोलिएका कारण सरकारले सामुदायिकभन्दा कम सुविधा दिने गरेको बताए ।

    यस्तै, बालबालिकाले बालश्रम, बालविवाह, प्रदेशभर स्वास्थ्य सेवा उपलब्धतालगायत विषयमा पनि प्रश्न गरेका छन् । उनीहरूले राखेको जिज्ञासाबारे जवाफ दिँदै मुख्यमन्त्री शाहीले जनचेतनाको अभावका कारण कर्णालीमा बालविवाह न्यूनिकरण हुन नसकेको स्वीकारे गरे ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.