काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ दायाँबायाँ सडक करिडोर बनाउने तयारी गरेको छ।
महानगरले बिहीबार जय नेपाल हलको आँगन उत्खनन् गरेको थियो। त्यहाँ टुकुचा खोला फेला परेको हाे । टुकुचा खोला पुरेर त्यहाँ भवनलगायत संरचना बनाइएको थियो। इँटाको पर्खालमा सुरूङ बनाएर टुकुचालाई बगाइएको छ।
महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ करिडोर बनाउने बताए।
उनले यसका लागि ६ अर्ब बजेट रहेको जानकारी दिए। यो काम पाँच वर्षभित्र पूरा हुने उनले बताए। ‘टुकुचा खोलामा पानी बग्न चार मिटर छाडिन्छ। बाँकी दायाँबायाँ चाररचार मिटरको करिडोर बन्छ,’ उनले भने।
