Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लमजुङमा १ हजार ४१ उम्मेदवारमध्ये ६३ जनाले मात्र बुझाए निर्वाचन खर्च

    लमजुङमा १ हजार ४१ उम्मेदवारमध्ये ६३ जनाले मात्र बुझाए निर्वाचन खर्च

    By सूचनापाना५ आश्विन २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    लमजुङ – गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उमेदवार भई कानून बमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विबरण नबुझाउने उमेदवारलाई निर्वाचन आयोगले कारवाही गर्ने निर्णय गरेको छ ।

    SuchanaPana.com

    आयोगले गत भदौ ३१ गते उक्त निर्णय गर्दै निर्वाचन खर्च नबुझाउने उमेदवारहरुलाई निर्णय भएको मितिबाट ६ बर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ बमोजिम जरिवाना बापतको रकम सरकारी वाँकी सरह असुल उपर गर्न केन्द्रिय तहसिल कार्यालयमा पठाउने निर्णय गरेको छ ।

    लमजुङ जिल्लाका कूल १ हजार ४१ उमेदवार मध्ये जम्मा ६३ जनाले समयमै निर्वाचन खर्च विबरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी तोकिएको समय भन्दा ढिलो गरी बुझाउने  ३९ जना रहेका छन् भने ९ सय ३९ जनाले निर्वाचन खर्च विबरण बुझाएका छैनन् । ढिलो वा विलम्ब गरि बुझाउने उमेदवारले समेत जरिवाना तिर्नुपर्ने निर्वाचन कार्यालयद्वारा प्रकाशित विबरणमा उल्लेख छ ।

    लमजुङ जिल्लाका ८ बटा पालिकाबाट निर्वाचित प्रमुख र उपप्रमुख मध्ये सुन्दरबजार नगरपाािलकाका प्रमुख र क्व्होंलासोथार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मात्र समयमै निर्वाचन खर्च विबरण बुझाएका छन् ।
    विबरण अनुसार क्व्होंलासोथारका ९६ जना उमेदवार मध्ये ३३ जनाले समयभित्र निर्वाचन खर्च विबरण बुझाएका छन् भने विलम्ब गरी बुझाउने ६ जना र नबुझाउने ५७ जना रहेका छन् । यसैगरी दूधपोखरी गाउँपालिकामा रहेका ७४ जना उमेदवार मध्ये २ जनाले विलम्ब गरी बुझाएको र बाँकीले नबुझाएको विबरणमा उल्लेख छ । त्यस्तै दोर्दी गाउँपालिकामा निर्वाचत मध्ये कुनै पनि उमेदवारले समयमा नबुझाएको उल्लेख छ । 

    पराजित उमेदवारले पनि निर्वाचन खर्च बुझाउनुपर्ने प्रावधान छ । दोर्दीमा १ सय ३५ जना उमेदवार संख्या मध्ये १३ जनाले समयभित्र र ९ जनाले विलम्ब गरी बुझाएका छन् । वेसीशहर नगरपालिकामा निर्वाचित मध्ये कसैले पनि समयमा नबुझाएको रेकर्डमा देखिन्छ भने पराजितबाट ७ जनाले समयभित्र र १२ जनाले विलम्ब गरी बुझाएका छन् । 

    वेसीशहरमा १ सय ६५ जना उमेदवारको संख्या रहेको थियो । त्यस्तै मध्यनेपाल नगरपालिकामा १ सय ५० जना उमेदवार मध्ये २ जना वडा अध्यक्ष र ४ जना वडा सदस्यका उमेदवारले मात्र समयमा बुझाएका छन् भने ६ जनाले विलम्ब गरी बुझाएका छन् । ९८ जना उमेदवार संख्या रहेको मस्र्याङ्दी गाउँपालिकाबाट कुनै पनि उमेदवारले समयमा बुझाएका छैनन् । त्यहाँका १ जना उमेदवारले विलम्ब गरी बुझाएको निर्वाचन कार्यालयले जनाएको छ । 

    यसैगरी १ सय ५६ जना उमेदवार रहेको राईनास नगरपालिकाबाट २ जना वडा सदस्यले मात्र समयमा निर्वाचन खर्च विबरण बुझाएका छन् । विलम्ब गरी २ जनाले बुझाएका छन् । सुन्दरबजार नगरपालिकाबाट प्रमुख सहित २ जनाले मात्र समयमा बुझाएका छन् भने १ जनाले विलम्ब गरी बुझाएको विवरणमा उल्लेख छ । सुन्दरबजारमा कूल १ सय ६७ जना उमेदवार रहेका थिए ।

    निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा १ बमोजिम निर्वाचन खर्च विबरण समयमा नबुझाउने उमेदवारहरु मध्ये नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उमेदवारलाई ४ लाख ५० हजार र वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उमेदवारलाई २ लाख रुपैयाँ जरिवाना गर्ने उल्लेख छ । 

    यसैगरी गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उमेदवारलाई जनही ३ लाख ५० हजार रुपैयाँ र वडा अध्यक्ष लगायत अन्य सदस्यहरुका लागि १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.